arrow

म्यान्चेस्टर युनाइटेड जितेको कि ओलेको भाग्य चम्केको ? 

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
ole.jpg

काठमाडौं । इंगिलिश प्रिमियर लिग फुटबलमा प्रशिक्षक जोजे मौरिन्हो हटाइएपछि म्यान्चेस्टर युनाइटेडको जितको रफ्तार बढेको छ । 

Marcus Rashford slips the ball home after being played in by Alexis Sanchez for Manchester United's second goal

अन्तरिम प्रशिक्षक ओले जुनार सोल्स्जाएरले टिम सम्हालेपछि युनाइटेडले लगातार चौथो जित हासिल गरेको छ । त्यो पनि प्रतिस्पर्धात्मक हैन राम्रो गोल अन्तरले । 

लगातार चौथो जित आत्मसात् गर्ने क्रममा युनाइटेडले न्यूकासल युनाइटेडलाई उसकै मैदानमा २–० ले हरायो । 

Romelu Lukaku is alive to the situation after Martin Dubravka failed to hold onto Marcus Rashford's free-kick

रोमेलु लुकाकुले ६४ औं मार्कस रस्फोर्डले ८० औं मिनेटमा गोल गरेर युनाइटेडलाई जिताए । 

यो जित युनाइटेड फ्यानलाई खुशी राख्न निकै महत्वपूर्ण त छ नै त्यो भन्दा बढी महत्वपूर्ण ओलेलाई बनेको छ । 

Ander Herrera, Sanchez and Rashford celebrate with the goalscorer Lukaku in the second half of the league encounter

उनले अन्तरिम हैन पूर्णकालीन प्रशिक्षक बन्न चाहेको बताएका छन् । यसरी युनाइटेडले आकर्षक खेल्दै गयो भने ओलेको जीवनमा ओले–ओले नहोला भन्न सकिन्न । 

युनाइटेडको यो जितपछि ३८ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । युनाइटेडभन्दा अघि ४१ अंकबाट आर्सनल, ४४ अंकबाट चेल्सी, ४७ अंकबाट म्यान्चेस्टर सिटी, ४८ अंकबाट टोटनह्याम र ५४ अंकबाट लिभरपुल छ । 

Newcastle centre-back Jamaal Lascelles goes to ground as Rashford breezes past him in the early stages

के के भयो बुधबार राति 
बुधबार रातिका खेलमा बर्नमाउथ ३–३ वाटफोर्ड, चेल्सी ०–० साउथह्याम्पटन, हडर्सफिल्ड टाउन १–२ बर्नली, वेष्टह्याम २–२ ब्राइटन, वुल्भरह्याम्पटन ०–२ क्रिस्टल प्यालेस । 
Newcastle fans unfurled a banner ahead of kick-off at St James' Park taking aim at their opponents on Wednesday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ