arrow

आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमै हुने, यस्ता छन् कार्यकारी समिति बैठकका निर्णय

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
keshav-kumar-bista.jpg

काठमाडौं । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका लागि गठित आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको तेश्रो बैठक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बस्यो ।

बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।

प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी–प्रशिक्षक–व्यवस्थापक–संघ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकुदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिहरुलाई एक हप्ता भित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पु-याउने गरी लुम्बिनीहुँदै नेपालगन्जसम्म लाने निर्णय बैठकले गरेको छ । 

प्रदेश छनोट र राष्ट्रिय खेलकुदका साथै दक्षिण एसियाली खेलकुद (साग) सम्म खेलाडी दुर्घटना विमा गर्ने निर्णय भएको छ ।

मुख्य मिडिया सेन्टर नेपालगन्जमा स्थापना गर्ने, पदक र पोशाक छनोट उप समितिबाट छनोट भएका नमुनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रलयसंग समन्वय गरेरे टुंगो लगाउने लगायतका निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ