arrow

नियन्त्रण रेखामा पाकिस्तानले खसाल्यो दुई भारतीय जासुसी विमान 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १९ बिहिबार
line_of_control.jpeg

काठमाडौं । पाकिस्तानी सेनाले बुधवार नियन्त्रण रेखा (लाइन अफ कन्ट्राेल)मा पाकिस्तानको सीमामा उडिरहेको भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेको छ । पाकिस्तानी मेजर जनरल आसिफ गफूरले पाकिस्तानी सेनाले भारतीय जासुसी ड्रोन खसालेको दाबी गरेका हुन् । 

यसअघि मंगलवार पनि गफूरले ड्रोनको फोटोसहित सामाजिक सञ्जाल ट्वीटरबाट भारतीय ड्रोन नियन्त्रण रेखामा खसालेको दाबी गरेका थिए । उनले ट्वीट गर्दै कुनै पनि ड्रोनलाई कुनै पनि अवस्थामा यो रेखा पार गर्न नदिइने बताएका थिए । 

भारतले भने यो दाबी खण्डन गरेको थियो । भारतीय सेनाले भने नियन्त्रण रेखामा त्यस्तो कुनै पनि घटना नभएको बताएको थियो । पाकिस्तानका रक्षा अधिकारीका अनुसार गत वर्ष भारतका चार जासुसी ड्रोन खसालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ