arrow

चीनको प्रभाव घटाउन जापानी द्वीपमा सैन्य अभ्यास गर्दै अमेरिका 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १९ बिहिबार
us-missile-drill.jpg

काठमाडौं । अमेरिकी सेनाले यस वर्ष जापानको ओकिनावा द्वीपनजिकै आफ्नो पहिलो मिसाइल अभ्यास गर्ने भएको छ । एक मिडिया रिपोर्टका अनुसार उक्त क्षेत्रमा चीनको प्रभाव घटाउन अमेरिकाले यो अभ्यास गर्ने भएको हो । 

जापानी सञ्चारमाध्यम सेनकेई शिंबुनले अमेरिका जापानी द्वीपमा सैन्य अभ्यासको तयारी गरिरहेको बताएको हो । अमेरिका पोतमा आक्रमण गर्ने मिसाइल तैनाथ गर्ने योजनामा रहेको बताइएको हो । 

समाचारमा उल्लेख गरिएअनुसार यो अभ्यासमा रकेट लन्चर पनि सामेल हुनेछ । यो अभ्यास चीनको सतहबाट हुनसक्ने सम्भावित आक्रमणको विकल्पको रुपमा रहेको विश्लेषकहरुले बताएका छन् । 

पछिल्ला वर्षहरुमा अमेरिकी सेना तैनाथ गरिएको यो द्वीपनजिकै चिनियाँ युद्धपोतहरु घुमिरहेको देखिएको थियो । यसलाई मधयनजर गर्दै यो अभ्यास गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ