arrow

'वाईडबडी खरिद प्रकरणबारे संसदीय समितिको प्रतिवेदन मान्य छैन, अन्तर्राष्ट्रिय सरोकारवालालाईपनि सहभागी गराउनुपर्छ'

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
nepal-airlines-annapurna.jpg

काठमाडौ । ‘इनोभेटर’ ई.दीपेन्द्र कँडेले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कँडेलले वाइडबडी घोटाला प्रकरणमा छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन अधुरो भएको दाबी गरेका हुन् । उनले विमान खरिद प्रक्रिया राष्ट्रियमात्रै नभएर अन्तर्राष्ट्रिय सरोकारको विषय भएकोले यसमा घोटाला भएको वा नभएको भनी छानबिन गर्न नेपालको समितिले मात्रै गरेर पूरा नहुने जिकिर गरे ।

कँडेलले भने,‘यो प्रकरणमा छानबिन गर्नको लागि आईकाओ, हाई–फ्लाई र एयरबसको समेत सहभागिता हुनुपर्छ । नेपालको समितिले मात्रै छानबिन गरेर ल्याएको प्रतिवेदन अधुरो र अपूरो हुन्छ । त्यसैले यसलाई वैधानिकता दिनको लागि पनि अन्तर्राष्ट्रिय सरोेकारवालाहरुलाई पनि सहभागिता गराउनुपर्छ ।’

उनले विमान किनेको नभई भाडामा ल्याईएको पनि दाबी गरेका छन् । उनले भने,‘नेपालले वाइडबडी खरिद गरेको होईन, भाडामा ल्याएको हो । हाई–फ्लाई कम्पनीबाट भाडामा ल्याएको वाइडबडी घोटालाका बारेमा नेपाल सरकारले एउटा प्रतिवेदन तयार पार्छ, नेपालमा रहेका केही मन्त्री, कर्मचारीलाई कारबाही गर्ला तर त्यो न्यायोचित हुँदैन, आईकाओ, हाईफ्लाइ, एअरबसमाथि पनि छानविन हुनुपर्छ।’

उनले आफूपनि यही ‘फिल्ड’मा अध्ययन तथा अनुशन्धान गरिरहेको व्यक्ति भएको नाताले यो प्रकरणको बास्तविक सत्य, तथ्य बाहिर ल्याउनको लागि आवश्यक परे सहयोग गर्नपनि आफू तयार रहेको सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गुणस्तरहिन भएकाले यसलाई तत्काल कानूनी रुपमा बन्द गर्न आफू लागेको पनि उनले टिप्पणी गरे । उनले भने,‘नेपाललाई आईकाओले कालो सूचिबाट हटायो भनेर गलत सूचना दिईको पाईन्छ, यूरोपका देशरुहरुमा नेपाली जहाज उड्न पाउँदैन, यो सब हुनुको पछाडी हाम्रो विमानस्थल हो ।’

अन्तर्राष्ट्रिय अदालतमार्फत यो प्रकरणको छानविन हुनु्पर्ने उनको जोड छ । उनले भने,‘म त्यही माग गर्न यहाँ आएको हुँ, अनुशन्धानको दायरा फराकिलो बनाउनुपर्यो, लेखा समितिले यस प्रकरणबारे अत्यन्तै साँघुरो रुपमा प्रतिवेदन ल्याएको छ।’

उनले अघि थपे,‘सिभिल अर्गनाईजेशनको माध्ययमबाट म देशको दुर दशालाई हटाउनुपर्छ भनेर लागेको मानिस हुँ, यो वाइडबडी कुन देशबाट ल्याएको भन्ने कुरासमेत संसदीय छानबिन समितिलाई थाहा छैन्, वाइडबडी पोर्चुगलबाट ल्याएको हो।’

उनले हाईफ्लाईबाट भाडामा ल्याएको विमानमा कति जना नेपाली पाईलट छन् ? यसको उत्तर कसैले दिन्छ ? भन्दै उल्टै प्रश्नसमेत तेर्साए । कँडेलले थपे,‘के नेपाली पाईलटहरु अयोग्य हुन त ? होईन, भने वाईडबडी उडाउन किन विदेशी विमान चालक ल्याईयो त ?’
उनका अनुसार अहिलेपनि वाइडबडीमा टर्की, अष्ट्रेलिया, कोरिया र पाकिस्तानका मुख्य पाईलट छन् र  सहायक–विमान चालकको रुपमा मात्रै नेपालीलाई राखिएको छ । उनले भने,‘हाईफ्लाईले भाडामा दिएको जहाज आफ्नो पाईलट नदिएर के नेपालीलाई चलाउ भनेर दिन्छ ? मेरो कार कसैलाई केही समयका लागि भाडामा दिँदा आफ्नो चालकसमेत दिन्छु, सुरक्षाका हिसाबमा दिने हो नि ? यो कुरा सरकारले किन बुझ्दैन ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ