arrow

सरकारले तोक्यो उखुको मूल्य

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
sugarcane-farmers-harvest.jpg

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको जानकारी दिए।

उनका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेको छ । उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि २०७५’ बमोजिम प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रकम निकास गरिने उनले जानकारी दिए ।

चिनी मिलले सम्बन्धित उखु कृषकलाई प्रतिक्विन्टल ४७१ रुपियाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने उनले बताए ।

वन क्षेत्र प्रयोग गर्न अनुमति

बैठकले विभिन्न परियोजना सञ्चालन गर्नका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ । मन्त्री बाँस्कोटाले माथिल्लो स्याङ्गे खोला साना जलविद्युत् आयोजना २ दशमलव ४० मेगावाट, चूनढुङ्गा उत्खनन कार्यका लागि, पत्थरकोइला उत्खनन योजना आयोजना सञ्चालनका लागि, याम्वालिङ खोला जलविद्युत् आयोजना ७ दशमलव २७ मेगावाटका लागि, रसुवा–भोटेकोशी जलविद्युत् आयोजना १२० मेगावाटका लागि र पाथीभरादेवी दर्शन केबलकार योजना सञ्चालन गर्नका लागि वनक्षेत्र प्रयोग गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद् बैठकले नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गर्नका लागि स्वीकृत दिएको छ । यसैगरी बसोबास क्षेत्रमा रुख हटाउन र मुक्तकमैया बसोबास क्षेत्रमा रुख हटाउन व्यवस्थापन गर्न स्वीकृत दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ