arrow

‘एलबी क्षेत्री कप्तान १९९८’

logo
बसन्त शर्मा।
प्रकाशित २०७५ पुष १९ बिहिबार
caption-cricket-lb-chhetri.jpg

नेपालगन्ज। राष्ट्र चिनाउने विभिन्न माध्यमहरु मध्ये एक हो खेल । संसारलाई सञ्चारले जोड्छ अनि खेलले संसारभरी चिनाउँदछ। नेपाललाई चिनाउन खेलाडीहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

बाँकेका एलबी क्षेत्री(लेखबहादुर क्षेत्री) एउटा त्यस्तो नाम हो जस्ले नेपालको नामलाई आईसीसी सम्म लैजान योगदान गरे । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एसोसियट सदस्यको रुपमा सन १९६६मा मान्यता पाउँदा एलबी क्षेत्री उप कप्तान थिए। उनै एलबी क्षेत्रीले सन् १९९८मा नेपालको कप्तानि समेत गरे । नेपालको क्रिकेटलाई यो उचाईसम्म उठाउन उनको योगदानको फेहरीस्त निकै लामो छ।

वर्तमानमा निलम्वनको अवस्थामा रहेको नेपाल  क्रिकेटको आधिकारीक संस्था क्यानको विवाद समाधानका लागी अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बनाइएको स्वतन्त्र समुहको टिममा उनि नेपाल सरकारको सदस्य भएर काम गरिरहेका छन्।

पुस्तक भित्र रहेका विषय वस्तुले उति वेलाको खेलाडीको अवस्था राज्यको भुमिका र व्यहोर्नु परेका चुनौतिलाई छर्लङ पारेको छ। त्यति मात्रै नभएर एउटा खेलाडीले भोग्नु परेको मानसिक अवस्था बारे पनि पुस्तकले बोलेको छ।

नेपालमा क्रिकेटको सम्भावना अवसर र चुनौति अनि मौका पाउँदा विश्वसामु नेपाली खेलाडीले पनि प्रमाणीत गर्न सक्छन भन्ने कुराको एउटा दरिलो प्रमाण हो उनको यो पुस्तक।

आन्तरकि रुपमा कलहमा फसेको क्यान र नेपाली खेलाडीको भविष्यका विषमा अहिले जति चासो र चिन्ता छ यो पुस्तकले नेपाली खेलाडीको आत्मविश्वसालाई झनै दरिलो बनाउन थप मद्दत पुग्नेमा दुई मत छैन ।

‘एलबी क्षेत्री कप्तान १९९८’ यो एउटा साधारण पुस्तक मात्रै नभएर नेपाली क्रिकेटको एउटा इतिहास पनि हो । यस भित्र थुप्रै रोचक अनि गहकिला प्रसंगलाई सरल रुपमा विस्तार गरएको छ। खेलाडीको मनोवल अनि आत्मविश्वास र चुनौतिलाई पनि उजागर पारिएको छ।

नेपालमा महिला क्रिकेटलाई अघि बढाउन समेत महत्वपुर्ण जिम्मेवारी वहन गरेका उनि अहिले नेपाली क्रिकेटलाई माथि उठाउन के गर्न सकिन्छ भनेर लागिपरिरहेका छन्। उनै एलबी क्षेत्रीको खेल जिवनमा आधारीतरहेको  पुस्तक ‘एलबी क्षेत्री कप्तान १९९८’ कुमार श्रेष्ठको सहलेखनमा क्रिएटिभ बुक्सले पुस्तक शुक्रबार १ वजे काठमाडौंको प्रज्ञा भवनमा विमोचन गर्दैछ। खेल क्षेत्र र समग्रमा देशको एउटा पहिचानका रुपमा यो कृति एउटा कोसे ढुगां सावित हुन जाने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ