arrow

मलखादको माग गर्दै कांग्रेसले प्रशासनमा बुझायो ज्ञापन पत्र

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ पुष २० शुक्रबार
mal_khad.jpg

कपिलवस्तु । हिउदे खेतीको सिजनमा मलखादको सहज आपुर्ति हुनु पर्ने माग सहित  नेपाली कांग्रेस कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका जिल्ला सचिव महेन्द्र्र कुमार पाठकको को नेतृत्वमा पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय, जिल्ला कोषाध्यक्ष सोहरत  तेली, जिल्ला सदस्य विरेन्द्र शुक्ला सहितको टोलीले आफ्ना माग सहितको ज्ञापनपत्र बुझाएको हो । पार्टीका जिल्ला सचिव महेन्द्र कुमार पाठकले  हस्ताक्षर गरेको ज्ञापनपत्रमा  हिउदे खेती तथा तरकारी वालि लगाएको १ महिना वित्दा समेत जिल्लामा मलखाद युरिया, डि एपी ,पोटास जस्ता मलहरु उपलब्ध नहुंदा जिल्लाका किसानहरुको उत्पादन घट्न लाग्दा समेत सरकार र स्थानीय प्रशासन वाट मलखाद आपुर्ती नहुंनु दुःखद भएको जनाइएको छ ।

तत्काल किसानहरुको माग प्रति सरकार र स्थानीय प्रशासनले सम्वोधन नगरेमा पार्टी आन्दोलनमा उत्रने उत्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । राज्यले सहज आपुर्ति नगराएका बेला छिमेकी मुलुकबाट साइकलमा १,२ बोरा किसानले व्यक्तिगत प्रयोजनका लागी मलखाद ल्याउदा समेत स्थानीय प्रशासनले यातना दिएको भन्दै बिरोध गरिएको  छ । जिल्लाका किसानका लागी सहज रुपमा मलखाद उपलब्ध गराउन माग गर्दै किसानलाई सहज मलखाद उपलब्ध नगराए पार्टीं कडा आन्दोलनमा जाने चेतावनी दिईएको छ ।

 ज्ञापनपत्र बुझाए सगै जिल्ला सचिव पाठकले कृषि मन्त्री यसै जिल्लाको भएपनि १ जिल्लालाई समेत मलखाद व्यवस्था गर्न नसक्नु लजास्पद भएको बताए । तत्काल किसानको आवश्यक पर्ने मल उपलब्ध नगाराए किसानहरु संगै पार्टी आन्दोलनमा उत्रने बताए । यस अघि संघिय समाजवादी फोरमा पार्टीले पनि मलखादको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाई सकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ