arrow

सात दिन भित्र उखु मिल संचालन नगरे चरणबद्ध आन्दोलन गर्ने किसानको चेतावनी

logo
प्रकाश मैनाली,
प्रकाशित २०७५ पुष २० शुक्रबार
ukhu.jpg

सलाही । सरकारले बिहीबार निर्धारण गरेको मुल्यमा चिनी कारखाना संचालन गर्न नसक्ने उद्योगिले बताइ रहदा सर्लाहीका किसानले भने सात दिन भित्र मिल संचालन नगरे आन्दोलन गर्ने घोषणा गरेका छन ।

शुक्रबार हरिवन बजारमा किसानको र्‍यालीपछि इलाका प्रसासन र्कायलय हरिवन मार्फत अर्थ मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालय र नेपाल चिनी उधोग संघलाई ज्ञापन पत्र पठाएको छ । ज्ञापन पत्रमा आब २०७४-२०७५ को मुल्य प्रति क्विण्टल ५३६।५६ पैसा तोकिएको भएपनि हाल संम्म अनुदान बापदको ६५।२८ पैसा तुरुन्त दिनु पर्ने र बाँकि रहेका बक्योता रकम तुरुत भुतानी दिनु पर्ने आब २०७५-२०७६ को लागि ५३६।५६ पैसा हुनु पर्ने र उद्योग सात दिन भित्र संचालन गर्नु पर्ने रहेको छ ।

कार्यक्रमा हरिवनका मेयर गणेश प्रसाइ उखु समबन्धी बिभिन संघ संस्था र किसानको उपस्थिती रहेको नेपाल उखु उत्पादन महासंधका अध्यक्ष कपिल मुनी मैनालीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ