arrow

फोटो पत्रकार संघद्वारा ७८ थान न्यानो कम्मल वितरण

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ पुष २० शुक्रबार
kambal.jpg

कपिलवस्तु । तौलिहवा स्थित नेत्र ज्योती संघमा खाखांको मोतियाविन्दुको अप्रेसन गर्ने गाउं गाउं वाट आएका गरिव किसानहरुको लागी फोटो पत्रकार संघ कपिलवस्तु शाखाले कम्मल संकलन गरेर नेत्र ज्यौती संघ कपिलवरुस्तुलाई हस्तानतरण गरेको छ । सवैभन्दा वढि भारत लखनउका विधान सभा सदस्य साधुसराण श्रीवास्तवले ५० थान कम्मल दिएका थिए । त्यस्तै स्थानीय शसस्त्र प्रहरी, देवेश जयसवाल, राजु प्रसाद अर्याल, राम प्रसाद अर्याल लगायते कम्मल फोटो पत्रकारलाई हस्तानतराण गरेका थिए । हालसम्म जम्मा भएका ७८ थान न्यानो कम्मल एक समारोहका विच फोटो पत्रकार संघ कपिलवस्तुले नेत्र न्यौती संघ तौलिहवा आखां अस्पताललाई हस्तानतरण गरेको हो ।

 फोटो पत्रकार संघका जिल्ला अध्यक्ष मनौज पौडेलले नेत्र ज्योती संघका अध्यक्ष रमेश शर्मालाई हस्तानतरण गरे । कार्यक्रममा वोल्दै रमेश शर्माले अस्पताल तथा गरिव र विपन्न वर्गको सहयोगको लागी पत्रकारहरुले गरेको सहयोग धेरै ठुलो सहयोग भएको बताए । पत्रकार पनि समुदायकै भएको हुंदा सामाजिक जवाफदेहीता  सहितको यो अभियानले समाजमा सकरात्मक परिवर्तन गर्ने बताए । पत्रकार संगै अन्य निकायहरुले पनि यस्ता सहयोग गरेमा गरिव विपन्न वर्गको उपचार र जिवन निर्वाहमा सहजता आउने शमौले बताए ।

 कार्यक्रम्मा पूर्व अध्यक्ष गोपाल बहाुर सिंह, कपिलवस्तु नगरपालिका वडा नं २ का अध्यक्ष राम भजन कलवार वडा नं ३ का अध्यक्ष प्रकाश गैरे लगायतले पत्रकारले गरेको सहयोगको प्रशससा गरेका थिए । नेत्र ज्योती संघका सचिव मनोज कुमार श्रीवास्तवको संचालन फोटो पत्रकार संघ कपिलवस्तुका अध्यक्ष मनोज पौडेलको अध्यक्षता र उपाध्यक्ष किरणमान वर्जाचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।  तौलिहवा खाखा अस्पतालमा साप्ताहिक रुपमा ५० बढिले आखांको अप्रसन गराउदै आएका छन । भने संघले विभिन्न स्थानमा शिविर राखेर समेत मोतियाविन्दुको अप्रेसन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ