arrow

भृकुटी मण्डपमा शिखरको एकल सेल मेला, १७५ रुपैयाँमै पनि जुत्ता 

logo
प्रकाशित २०७५ पुष २० शुक्रबार
shikhar-solo-exibition.jpg

काठमाडौं। शिखर सुजले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि एकल सेल मेला सुरु गरेको छ। मेलामा समान्य भन्दा बढी छुटमा शिखरका जुत्ता उपलब्ध गराइने कम्पनीले जनाएको छ।

मेलाको प्रदेश नम्बर ३ का आर्थिक मामिला मन्त्री कैलास ढुंगेलले शुक्रबार उद्घाटन गरे। मन्त्री ढुंगेलले स्वदेशी जुत्ता उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने बताए। उनले नेपाली जुत्ता उपयोग गरेर नेपाली नागरिकले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्ने बताए। 

मेलामा उपभोक्ताले असामान्य छुट सहित अविश्वसनिय मूल्यमा जुत्ता पाउने शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए। उनका अनुसार मेलामा १७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन्। मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन्। 

शिखरको सेल मेला ग्राहकका लागि निकै सस्तोमा जुत्ता चप्पल किन्ने अबसर हुने कम्पनीले दावी गरेको छ।

अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ताचप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्, प्रबन्ध निर्देशक प्रसाइले भने, राजधनीका ग्राहकलाई यस्तो अबसर फेरि नआउन सक्छ । 

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुनेछन्। नयाँदेखि स्टकमा रहेका जुत्ता क्लियरेन्स गर्ने गरी शिखरले मेलामा राखेको छ। स्टक क्लियरेन्स गर्ने जुत्ता सोलकै मोलमा उपलब्ध गराउने छौं, प्रसाईंले भने। 

मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन्। शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ