arrow

यी क्रिकेटर, जसले मैदानमै गुमाए ज्यान

logo
प्रकाशित २०७५ पुष २१ शनिबार
cricket-dead-field.jpg

काठमाडौं। खेलकूदमा सधैं उत्साह, रमाइलो, जित तथा उपाधि मात्र हुँदैन। खेल्दाखेल्दै खेलाडीहरुमा घाउचोट लाग्ने र स्वास्थ्यको समस्याको कारण लामो समय मैदानबाहिर रहनुपर्ने वा केही खेलाडीको करियर नै समाप्त हुने अवस्था पनि आउने गर्छ। यतिमात्र होइन केही खेलाडीहरुले मैदानमा नै ज्यान गुमाएका छन्। विशेषगरी क्रिकेटमा यस्तो घटना बढी हुने गरेको छ। यहाँ केही क्रिकेटरहरुको घटना उल्लेख गरिएको छ, जसले क्रिकेट खेल्दाखेल्दै मैदानमा नै ज्यान गुमाउनु परेको थियो। 

१. फिलिप ह्युज, २०१४ 
अष्ट्रेलियन ब्याट्सम्यान फिलिप ह्युजको सन् २०१४ मा घरेलु लिगअन्तर्गत साउथ अष्ट्रेलिया र न्यु साउथ वेल्सको बीच जारी खेलमा ब्याटिङ गर्ने क्रममा टाउकोमा बल लागेर ढलेका उनको दुईदिनपछि ज्यान गएको थियो। २५ वर्षीय ब्याट्सम्यान त्यतिबेला नटआउट ६३ रनमा ब्याटिङ गर्दै थिए। 

२. ड्यारेन र्‍यानबल, २०१३ 
दक्षिण अफ्रिकाको घरेलु लिगमा खेलिरहेका र्‍यानबललाई पनि ब्याटिङ गर्दा टाउकोमा बलले लागेको थियो। ३२ वर्षीय यी ब्याट्सम्यानलाई तत्कालै उनलाई अस्पताल लगिएको थियो तर अस्पतालमा उनको ज्यान भने बच्न सकेन। 

३. जुल्फिकर भाटी, २०१३ 
यी पाकिस्तानी खेलाडी सन् २०१३ मा आफ्नो घरेलु मैदानमा आन्तरिक लिग खेलिरहेका थिए। ब्याटिङकै क्रममा उनको छातीमा बलले लागेको थियो। त्यसपछि उनी तत्कालै मैदानमा ढलेका थिए। त्यसपछि उनलाई असपताल पुर्‍याइ पनि उनको ज्यान बच्न सकेन।

४. रिचार्ड बीमोउन्ट, २०१२
इंगल्याण्डका ३३ वर्षीय खेलाडीले राम्रो प्रदर्शन गरिरहेका थिए। खेलको सुरुवातमा उनले पाँच विकेट पनि लिएका थिए। खेलको पछिल्लो समयमा  भने उनलाई हृदयाघात भएको आशंका गरिन्छ। उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेको केही समयमा नै उनलाई मृत घोषणा गरियो। 

५. एक्वीन जेन्किन्स, २००९ 
जेन्किन्स एक अम्पायर थिए। फिल्डरले फिल्डिङको क्रममा उनीतर्फ बल फ्याँकेका थिए। सो बलले अम्पायरको टाउकोमा लाग्यो। यससँगै मैदानमा ढलेका उनको होस खुल्न सकेन। 

६. वासिम राजा, २००६
राजा खेल जीवनमा पाकिस्तानको प्रतिनिधित्व गर्थे। पछि उनी माच रेफ्री बनेका थिए। एउटा खेल चलिरहँदा हृदयाघातको कारण उनको ज्यान गयो। उनले ५७ टेस्ट खेलेका थिए भने ५४ एकदिवसीय खेल आफ्नो मुलुकको लागि खेलेका थिए। 

७. रमन लाम्बा, १९९८ 
यी भारतीय खेलाडी ढाकामा क्लबस्तरीय खेल खेल्ने क्रममा फिल्डिङको क्रममा बलले टाउकोमा लागी ढलेका थिए। उनको दिमागमा निकै गम्भीर चोट लागेको थियो र उनलाई तीनदिनपछि मृत घोषणा गरियो। 

८. इयान फोली, १९९३
फोली इंगल्याण्डको टोलीका एक महत्वपूर्ण सदस्य थिए। उनलाई एक खेलको क्रममा आँखाभन्दा तल्लो भागमा बलले लागेको थियो। चोटपछि अस्पताल पुर्‍याइएका उनी हृदयाघातको शिकार भएका थिए। त्यसपछि उनको निधन भयो। 

९. विल्फ स्ल्याक, १९८९
यी खेलाडीको मृत्यु भने निकै अनौठो तरिकाले भएको थियो। खेल्दाखेल्दै उनी मैदानमा अचानक ढलेका थिए र उनको ज्यान गयो। यसबारे डक्टरहरुले पनि अनुसन्धान गरेका थिए तर मृत्युको कारण भने पत्ता लगाउन सकेनन्। 

१०. अब्दुल अजिज, १९५९
१८ वर्षीय विकेटकिपर ब्यट्सम्यानले पनि खेलकै क्रममा ज्यान गुमाएका थिए। पाकिस्तानी युवा खेलाडी ब्याटिङ गरिरहेको अवस्थामा बल उनको छातीमा लागेको थिया र उनलाई अस्पताल पुर्‍याउँलापु र्‍याउँदै बाटैमा ज्यान गयो। 

११. एन्डी ड्युक्याट, १९४२ 
ड्युक्याटले पहिलोपटक इंगल्याण्डबाट सहभागिता जनाएको खेलमा नै उनले हृदयाघातको सामना गर्नुपरेको थियो। त्यससँगै उनकाके ज्यान पनि गयो। 

१२. जर्ज समर, १८७०
२५ वर्षीय इंगल्याण्डका खेलाडीलाई एक खेलको क्रममा टाउकोमा बलले लाग्यो। सुरुमा उनी सो चोटबाट बाहिर आएको जस्तो देखिएका थिए। जसको कारण उनी अस्पताल गएनन् र घर फर्किए तर सो चोटको असरको कारण चार दिनपछि उनको ज्यान गएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ