arrow

विश्वकप फुटबलको ईतिहास र प्रमुख विवादित घट्नाहरु

म्याराडोनाको ‘ह्याण्ड अफ गड’, १९८६

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ पुष २१ शनिबार
maradona-world-cup-1986.jpg

काठमाडौं । विश्वकप फुटबल सन् १९३० मा सुरु भएको थियो । यसलाई त्यतिबेला फिफाका अध्यक्ष जुलेस रिमेटको नामबाट यो प्रतियोगिता आयोजना सुरु गरिएको थियो । रिमेट फिफाका पहिलो अध्यक्ष पनि हुन् ।

तीनपटक विश्वकपको उपाधि जितिसकेको कारण उसको उपलब्धिको सम्मान गर्दै उसलाई जुलियट रिमेट ट्रफी स्थायीरुपमा प्रदान गरिएको थियो ।

यसलाई त्यतिबेला फिफाका अध्यक्ष जुलेस रिमेटको नामबाट यो प्रतियोगिता आयोजना सुरु गरिएको थियो । रिमेट फिफाका पहिलो अध्यक्ष पनि हुन् । यद्यपि यसअघि नै पहिलो आधिकारिक खेल भने सन् १८७२ मा नै इंगल्याण्ड, स्कटल्याड र ग्लासगोको बीचमा भएको थियो ।

सन् १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपको उपाधि घरेलु टोलीले अर्जेन्टिनालाई हराउँदै जितेको थियो । यो प्रतियोगितामा १३ मुलुकहरुले सहभागिता जनाएका थिए । त्यसको चार वर्षपछि १९३४ मा दोस्रो विश्वकप इटालीले आयोजना गरेको थियो र यसमा पहिलोपटक छनोट हुनुपर्ने प्रावधान राखिएको थियो । यो प्रतियोगिताको लागि १६ टोली छनोट भएका थिए र यो प्रतियोगिता इटालीले नै जितेको थियो ।

१९३८ मा भएको तेस्रो विश्वकपमा १५ टोलीहरुले सहभागिता जनाएका थिए र यो प्रतियोगिता फ्रान्सले आयोजना गरेको थियो । यो विश्वकपको उपाधि पनि इटालीले हात पारेको थियो । यो विश्वकपपछि भने दोस्रो विश्वयुद्धको कारण  दुईपटकको विश्वकप रोकिएको थियो । सन् १९५० मा ब्राजिललले चौथो विश्वकपको आयोजना गरेको थियो । यो विश्वकपमा उरुग्वे विजयी भएको थियो ।

सन् १९५४ मा स्विट्जरल्याण्डमा आयोजना भएको विश्वकप प्रतियोगिता टेलिभिजनबाट प्रशारण गरिएको पहिलो प्रतियोगिता हो । सन् १९७० मा मेक्सिकोमा विश्वकप प्रतियोगिता आयोजना भएको थियो । यो प्रतियोगिताको उपाधि ब्राजिलले जितेको थियो । तीनपटक विश्वकपको उपाधि जितिसकेको कारण उसको उपलब्धिको सम्मान गर्दै उसलाई जुलियट रोमिट ट्रफी स्थायीरुपमा प्रदान गरिएको थियो ।

सन् १९७४ मा पश्चिम जर्मनीमा आयोजना गरिएको विश्वकप प्रतियोगितामा नयाँ ट्रफी बनाइएको थियो । जसलाई विश्वकप ट्रफी भनिन्छ र अहिले पनि विजेतालाई सो ट्रफी दिइने गरिएको छ । यो ट्रफी भने स्थायीरुपमा कसैले पनि राख्न पाउँदैन ।  त्यसपछि नियमितरुपमा चार÷चार वर्षको अन्तरालमा हुँदै आएको यो प्रतियोगितालाई सन् १९८२ मा विस्तार गरिएको थियो । यो विश्वकपमा २४ टोलीहरुले सहभागिता जनाएका थिए । यो प्रतियोगिता स्पेनले आयोजना गरेको थियो ।

सन् १९९८ मा विश्वकपलाई फिफाले थप विस्तारित बनाउन निर्णय गर्‍यो र यो विश्वकपबाट ३२ टोलीहरुले विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । सन् २००२ मा पहिलोपटक एसियामा विश्वकप फुटबल आयोजना भएको थियो भने सन् २०१० मा अफ्रिकामा पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको थियो । यससँगै छ वटै महादेशमा यो प्रतियोगिता सञ्चालन भइसकेको छ ।

हालसम्मा आयोजना भएका २१ विश्वकप प्रतियोगितामा विभिन्न आठ टोलीहरु विजयी भएका छन्। विश्वकपको उपाधि जित्ने टोलीहरुमा जर्मनी, स्पेन, इटाली, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंगल्याण्ड र उरुग्वे रहेका छन्।

विवादित घट्नाहरु

विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि विश्वकप प्रतियोगिता अबको केही दिनमा रुसमा सुरु हुनेछ । त्यसका लागि अहिले सबै टोलीहरु तयारीमा रहेका छन् । कुनै पनि खेलमा जित सबैभन्दा ठुलो कुरा हो, त्यसैले जित हासिल गर्नका लागि खेलाडीहरुले सकेसम्मको हतकण्डा अपनाउने गर्छन् । विश्वकपको इतिहासमा यस्ता धेरै घटनाहरु भएका छन्, जसमध्येका मुख्य विवादित घटनाहरुको यहाँ वर्णन गरिएको छ ।

१. आन्द्रेस इस्कोबारको आत्मघाती गोल, १९९४

सन् १९९४ मा अमेरिकामा भएको विश्वकप प्रतियोगितामा सबैभन्दा ठुलो वियोगान्त इतिहास लेखिएको थियो । यो विश्वकपको नकआउट चरणमा अमेरिकासँग कोलम्बिया २–१ गोलले पराजित भएको थियो । जसमा आन्द्रेस इस्कोबारले आत्मघाती गोल गरेका थिए । यो विश्वकपपछिको रात इस्कोबारको गोली हानी हत्या भयो । इस्कोबारको हत्या यो कारणलै नै भएको हो भन्ने यकिन पनि हुन सकेन । उनी कोलम्बियाको कमजोर नियमको पनि सिकार बन्न पुगे । निकै भरपर्दा डिफेन्डरको रुपमा रहेका उनको शवयात्रामा एक लाख २० हजारभन्दा बढी मानिसहरु उपस्थित भएका थिए ।

२. जिदानेको विपक्षी खेलाडीमाथिको प्रहार, २००६

सन् २००६ को विश्वकप प्रतियोगितामा जिनेदिन जिदानले विपक्षी खेलाडीमाथि टाउकोले गरेको प्रहार पनि फुटबलको इतिहासमा एक बिर्सनलायक घटना हो । यसले जिदानको अन्तर्राष्ट्रिय करियर नै समाप्त गर्नसक्थ्यो तर पछि यो घटना शान्त भयो । इटालीसँगको खेलको क्रममा उनले म्याक्रो म्याटराजीमाथि प्रहार गरेका थिए । उनलाई टाउकोले प्रहार गरेसँगै रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । मिडफिल्डर म्यटराजीले पछि आफूले जिदानकी बहिनीको अपमान गरेको कारण उनले प्रहार गरेको बताएका थिए ।

३. जियोफ हर्स्टको विवादित गोल, १९६६

सन् १९६६ को विश्वकपको फाइनलमा इंगल्याण्ड र पश्चिम जर्मनीसँगको खेलको एक गोल निकै विवादित बन्न पुग्यो । इंगल्यण्डका जियोफ हर्स्टको उक्त खेलको दोस्रो गोल विवादित बन्न पुगेको हो । उनले प्रहार गरेको बल पोस्टबारमा लागेर गोलरेखाभित्र खसेको थियो र बाहिर निस्किएको थियो । २–२ को बराबरीमा रहेको खेलमा थपिएको समयमा यो गोल निस्किएको थियो । यो गोलको विषयमा रेफ्री पनि निश्चित थिएनन् तर यसलाई गोल दिइएको थियो । यो खेल इंगल्याण्डले ४–२ ले जितेको थियो र हर्स्टले ह्याट्रिक पूरा गरेका थिए । त्यतिबेला गोल हुनको लागि बलले जाली चुम्नुपर्छ भन्ने बुझाइ रहेको थियो र खेलमा रिप्लेको व्यवस्था पनि थिएन ।

४. म्याराडोनाको ‘ह्याण्ड अफ गड’, १९८६

सन् १९८६ को क्वार्टरफाइनलमा इंगल्याण्ड र अर्जेन्टिनाविरुद्धको खेलमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले गरेको गोल विश्वकपको इतिहासमा सबैभन्दा विवादित गोल हो । यो गोल अहिलेसम्मको सबैभन्दा चर्चित गोल पनि हो । मेक्सिको सिटिमा भएको खेलमा म्याराडोनाले हातले बललाई पोस्टमा धकेलेका थिए । यो खेल अर्जेन्टिनाले जितेको थियो । म्याराडोनाले खेल सकिएपछि उक्त गोल भगवानको हातले गराएको भन्दै प्रतिक्रिया दिएका थिए ।

५. म्याराडोनाले ड्रग लिएको पुष्टि, १९९४

अर्जेन्टिनाका महत्वपूर्ण खेलाडी डिएगो म्याराडोना सन् १९९४ को विश्वकपको ड्रग लिएको पुष्टि भएको थियो । उनी यसअघि पनि सन् १९९१ मा इटालियन लिगमा कोकिनको प्रयोग गरेको आरोपमा १५ महिनाको लागि प्रतिबन्धमा परेका थिए । उनले सुरुको खेलमा ग्रिसविरुद्ध पनि गोल गरेका थिए तर उनको परीक्षण सो खेलमा नगरिएको कारण उनको विषयमा अहिले पनि विवाद आउने गरेको छ । त्यसपछि फिफाले उनलाई १५ महिनाको लागि प्रतिबन्ध लगाएको थियो र बाँकी खेल खेल्न पाएका थिएनन्, सन् १९९७ मा उनले ३६ वर्षको उमेरमा सन्यास लिएका थिए ।

६. विश्वकप फाइनलअघि रोनाल्डोको समस्या, १९९८

सन् १९९८ को विश्वकपको फाइनल खेल आयोजक फ्रान्स र ब्राजिलको बीचमा हुँदै थियो । यो खेलका लागि ब्राजिलका २१ वर्षीय खेलाडी रोनाल्डो निकै महत्वपूर्ण मानिएको थियो । साथै उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीले सो विश्वकपमा गोल्डेन बुट पाउने अनुमान पनि गरिएको थियो तर उनको लागि फाइनल खेल फलदायी हुन सकेन । खेलको प्रारम्भिक टोलीको नाम सार्वजनिक गर्दा रोनाल्डोको नाम समावेश थिएन । यसले सबैलाई आश्चर्यमा पारेको थियो । पछि उनी टोलीमा समावेश भए पनि फ्रान्सले सो खेल ३–० ले सहजतापूर्वक जितेको थियो । यो खेल सकिएपछि रोनाल्डोले आफू खेलभन्दा एक घण्टाअघि केही गढबडी देखिएको बताएका थिए ।

७. लुइस स्वारेजको ह्याण्डबल, २०१०

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको खेलको नकआउट चरणमा पुग्ने घाना एक्लो टोली रहेको थियो । साथै सबै अफ्रिकाको आशा घानामा थियो । घानाको नकआउट चरणको खेल उरुग्वेसँग थियो तर घानामाथि लुइस स्वारेजले झेल गरे, जसले घाना घर फर्किन बाध्य भयो । घानाका डोमिनिक अदिइयादले गरेको हेडिङ गोल हुने अवस्थामा थियो र थपिएको समय सकिन केही क्षणमात्र बाँकी थियो । यसैबीच लुइस स्वारेजले हातले सो बल रोकिदिए र गोल हुनबाट बचाए । त्यसपछि स्वारेजलाई रातो कार्ड दिँदै घानालाई पेनाल्टी दिइएको थियो तर सो पोनाल्टी उरुग्वेका गोलकिपरले रोकिदिए । खेले पेनाल्टी सुटआउटमा पुग्यो र खेल उरुग्वेले जित्यो ।

त्यसको चार वर्षपछि ब्राजिलमा भएको समुहचरणको खेलमा पनि स्वारेजले इटालीका जर्जियो चिलेन्नीलाई टोकेका थिए, जसको कारण उनी लामो समय फिफाको प्रतिबन्धमा पनि परेका थिए ।

८. आयरल्याण्डको आन्तरिक कलह, २००२

दक्षिण कोरिया र जापानमा संयुक्तरुपमा आयोजना हुन गइरहेको विश्वकपको तयारीका लागि रहेको आयरल्याण्डको टोलीमा प्रतियोगिता सुरु हुनभन्दा पहिला नै आन्तरिक कलह देखिएको थियो । एक आयरल्याण्डको पत्रिकाले लिएको अन्तर्वार्ताको क्रममा रोए केन र माइक म्याकार्थीको बीचमा ठुलो कलह देखिएको थियो । आयरल्याण्डको तयारी प्रशिक्षकको प्रशिक्षणको कारण ध्वस्त भएको भन्दै व्यापक आलोचना गरिएको थियो । अन्तिममा खेल सुरुहुनुभन्दा पहिला नै केनलाई फिर्ता बोलाइएको थियो । आयरल्याण्ड उक्र विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको थियो ।

९. प्याट्रिक ब्याटिस्टनको चोट, १९८२

सन् १९८२ मा भएको विश्वकपको सेमिफाइनल खेल पश्चिम जर्मनी र फ्रान्सको बीचमा भएको थियो । यो खेल पश्चिम जर्मनीले पेनाल्टी सुटआउटमा जितेको थियो । यो खेलमा फ्रान्सका गोलकिपर घाइते भएका थिए र उनी कोमामा पुगेका थिए ।

१०. सान्टियागोको विवाद, १९६२

सन् १९६२ को विश्वकपको इटाली र चिलीको खेल इतिहासकै सबैभन्दा बिर्सनलायक खेल बन्न पुग्यो । मैत्रीपूर्ण भावनामा खेलिनुपर्ने फुटबल खेलले एक रणभूमिको स्थान लिएको थियो । यो खेलको सुरुवाती १२ सेकेण्डबाट झगडा सुरु भएको थियो । खेललाई रेफ्रीले पनि सम्हाल्न सकेका थिएनन् । खेलमा तीनपटक प्रहरीले हस्तक्षेप गरी साम्य गराउन परेको थियो । सो खेल चिलीले २–० ले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ