arrow

चीनले बनायो सबैभन्दा शक्तिशाली बम 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २१ शनिबार
china_bomb.png

काठमाडौं । चीनले अहिलेसम्मकै शक्तिशाली बम बनाएको दाबी गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरुले शुक्रवार दिएको जानकारीअनुसार यसअघि अमेरिका र रुसले दाबी गरेको शक्तिशाली बमभन्दा पनि यो शक्तिशाली छ । यसअघि अमेरिकाको ‘मदर अफ अल बम्स’ र रुसको ‘फादर अफ अल बम्स’लाई सबैभन्दा शक्तिशाली बम मानिँदै आएको थियो । 

चिनियाँ सञ्चारमाध्यमका अनुसार कुनै पनि परमाणु हतियारपछि यो बम दोस्रो सबैभन्दा घातक हतियार हो । चीनले बनाएको बम अमेरिकाको सानो र हल्का छ तर यसले गर्ने नोक्सानी भने ठूलो हुनेछ । 

चीनले गत वर्ष यसबाट एच–६ एयरक्राफ्टलाई खसालेको थियो । चिनियाँ कम्पनी नोरिन्कोले आफ्नो वेबसाइटमा यसको विष्फोटको भिडियो पनि सार्वजनिक गरेको छ । 

विश्वका पहिलोपटक सार्वजनिक रुपमा कुनै नयाँ बमको विनाशकारी कुरा सार्वजनिक गरिएको हो ।

यसअघि अमेरिकाले अफगानिस्तानमा आतंकवादी कारबाहीको क्रममा पहिलोपटक आफ्नो सबैभन्दा शक्तिशाली बमको प्रयोग गरेको थियो । यो बम यति घातक थियो कि यसले ३ देखि ३.५ किलोमिटर वरपरको सबै चीजहरु ध्वस्त पारेको थियो ।  

यसपछि रुसले यसको चार गुणा शक्तिशाली बम बनाएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ