arrow

विश्वको सबैभन्दा खतरानक जेल, बिहानदेखि बेलुकासम्म उभिएरै रहन्छन् कैदी 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २१ शनिबार
dangerous_jail.png

काठमाडौं । आफ्नो घरमा बसेको सहज र सुविधा जेलमा पक्कै पनि हुँदैन । विश्वमा धेरै डरलाग्दा जेल छन् तर सबैभन्दा भयानक जेल रुसमा छ । रुसको ब्ल्याक डल्फिन नाम गरेको जेललाई सबैभन्दा खतरानक जेल मानिन्छ । 

विश्वको सबैभन्दा शक्तिशाली जासुसी नेटवर्कदेखि लिएर आफ्नो सैन्य शक्तिको मामिलामा पनि रुसले अमेरिकालाई चुनौती दिँदै आएको छ । दक्षिणी रुसको अरेनवर्ग शहरमा रहेको यो जेलको नियम निकै कडा किसिमको छ । 

यो जेलबाट अहिलेसम्म कोही पनि कैदी फरार हुन सकेको छैन । यहाँसम्म पनि भनिने गरिएको छ कि यो जेलबाट कुनै पनि कैदी तबमात्र निस्किन्छ, जब उसको मृत्यु हुन जान्छ । 

यो जेल करिब १७ सय वर्षले विभिन्न स्वरुपमा काम गरिरहेको छ । जेलको नाम डल्फिन राखिनुको कारण भने यो जेलमा डल्फिनको मूर्ति राखिएको छ । यो जेलमा बिहान उठेदेखि राती सुत्नेबेलासम्म कैदीहरुलाई बस्नसम्म पनि दिइँदैन । यो जेलमा कैदीलाई आराममा प्रतिबन्ध लगाइएको छ । 

यो जेलमा ७ सय कैदी रहने गरेका छन् । यो जेल रुस र काजाकिस्तानको सीमाक्षेत्रमा रहेको छ । जेलमा कैदीहरुलाई २४ सै घण्टा क्यामेराको निगरानीमा राखिन्छ । यतिमात्र होइन, जेलभित्र परिसरमा घुम्ने क्रममा कैदीको आँखामा पट्टी बाँध्ने गरिन्छ । 

आँखामा पट्टी, हातमा हतकडी  लगाएर राख्नुको कारण भने यहाँका कैदीलाई जेलको नक्साको बारेमा कुनै अन्दाज पनि नहोस् भन्ने रहेको छ । यो जेलमा बस्ने कैदीहरु पनि विशेष प्रकारका हुन्छन् । जो कोहीलाई भने यो जेलमा राखिँदैन । यहाँका ७ सय कैदीले ३५ सय मानिसहरुको हत्या गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ