arrow

अमेरिकी राष्ट्रपति ट्रम्पको सङ्कटको स्थिति घोषणा गर्ने धम्की

logo
एएफपी
प्रकाशित २०७५ पुष २१ शनिबार
donald-trump.jpg

काठमाडाैं ।  विपक्षी डेमोक्रेटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौंसम्म रोकेर लम्ब्याइदिन आफू तयार रहेको धम्की दिएका छन् । 

वरिष्ठ डेमोक्रेट नेताहरूसँग भएको वार्तापछि उनले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्नसमेत सकिने बताएका हुन् । 

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले बताएका थिए । 

मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ । 

गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन् । यस विषयमा संसदले अटेर गरिरहेमा आफूले राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ