arrow

युद्धको तयारीमा लाग्न चिनियाँ राष्ट्रपतिको निर्देशन

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २१ शनिबार
xi-marx.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले आफ्ना सेनालाई युद्धको तयारीमा लाग्नका लागि निर्देशन दिएका छन् । चिनफिङले शुक्रवार चीन अहिले धेरै किसिमको चुनौतीको सामना गरिरहेको बताए । 

अमेरिकाको साथमा जारी व्यापारयुद्ध तथा दक्षिण चीन सागरमा तनावका घटनाहरु बढ्दो क्रममा रहेको अवस्थामा चिनियाँ राष्ट्रपतिबाट यस्तो निर्देशन आएको हो । 

चिनफिङले सेनालाई सतर्क रहनुका साथै युद्धसम्बन्धी गतिविधि बढाउन निर्देशन दिएका हुन् । 

त्यसका साथै यसै वर्ष पिपुल्स रिपब्लिक अफ चाइनाको ७० औं दिवस मनाउनका लागि चीन विशेष परेडको तयारीमा रहेको छ। 

पछिल्लो समय विश्व १ सय वर्षयताकै ठुलो परिवर्तनतर्फ अग्रसर रहेको र चीनलाई विकासको एक मौका रहेको चिनियाँ राष्ट्रपतिको भनाइ छ । 

पछिल्लो समय चीनको सैन्य क्षेत्रको लगानी बढ्दो क्रममा रहेको छ । त्यसका साथै चीनको सैन्य गतिविधि बढ्दो क्रममा रहेको कारण पनि चीनबारे धेरै आशंका बढेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ