arrow

जर्मनीमा साइबर आक्रमण, शंका रुसमाथि 

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
cyber-crime.jpeg

काठमाडौं । जर्मनीमा भएको साइबर आक्रमणमा रुसको हात रहेको दावी गरिएको छ । साइबर आक्रमण मार्फत सयौँ नेताका व्यक्तिगत जानकारी सार्वजनिक भएपछि रुससहितका राष्ट्रहरुको षड्यन्त्र भएको आरोप लगाइएको हो । 

साइबर आक्रमणमा जर्मन चान्सलर एंगेला मर्केलसहित सयौँ नेता, पत्रकार तथा विभिन्न क्षेत्रका प्रमुख व्यक्तिका जानकारी सार्वजनिक भएको हो । यो आक्रमण कसले गराएको भन्ने अहिलेसम्म स्पष्ट नभए पनि नजर रुस र दक्षिणपन्थी समूहतर्फ गएको छ । 

आक्रमणबारे गएको शुक्रबार मात्रै थाहा भएको हो । साइबर आक्रमणमा परेका व्यक्तिहरुका कन्ट्याक्ट लिस्ट, च्याट म्यासेज तथा आर्थिक जानकारी ट्वीटरमा सार्वजनिक गरिएको थियो ।

यद्यपि व्यापक मात्रामा भएको साइबर आक्रमणको मामिलामा त्यहाँको साइबर सेक्युरिटी अथोरिटीले आफ्नै बचाउ गरेको छ । अथोरिटीको लापरवाहीका कारण आक्रमण भएको भन्दै आलोचना भइरहेका बेला उसले आफ्नो बचाउ गरेको हो । 

साइबर आक्रमणबारे केही हप्तादेखि नै साइबर सेक्युरिटी अथोरिटीलाई जानकारी रहे पनि त्यसबाट बच्नका लागि केही नगरेको आरोप छ ।

यसबारे अथोरिटीले प्रहरीलाई पनि जानकारी नदिएको भन्दै आलोचना भइरहेको छ । तर साइबर सेक्युरिटी अथोरिटीले भने बिहीबार रातिसम्म पनि आफूहरुसँग साइबर आक्रमणबारे पूर्ण जानकारी नरहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ