arrow

भारत सामु अष्ट्रेलिया निरीह, फलोअन जोगाउन नसक्दा फेरि मैदानमा

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
india-test.jpg

काठमाडौं । अष्ट्रेलिया क्रिकेट टोली घरेलु मैदानमा भारत सामु निरीह सावित भएको छ । सिड्नीमा जारी चौथो तथा अन्तिम टेष्ट क्रिकेटमा फलो अन जोगाउन नसक्दा घरेलु टिम पुनः ब्याटिङमा उत्रेको छ । 

चौथो दिनको खेल चलिरहँदा ३२२ रनले पछि परेको अष्ट्रेलियाले पुनः ब्याटिङ थालेको हो । अष्ट्रेलियाले घरेलु मैदानमा सन् १९८८ पछि पहिलो पटक फलो अनका लागि ब्याटिङ गर्नुपरेको हो । 

The tourists only need a draw in Sydney to claim a historic first Test series win in Australia

यसअघिको खेलमा अष्ट्रेलियाले फलोअन जोगाउन नसके पनि भारतले ब्याटिङ गर्न दिएको थिएन । 

यो खेलमा बराबरी भए पनि भारतले पहिलो पटक अष्ट्रेलियाबाट टेष्ट क्रिकेटको सिरिज खोस्नेछ । 

India's spinners dominated, with Kuldeep Yadav taking three for 71 on the third day

यसअघिको खेलमा भारतले सिरिजमा २–१ को अग्रता लिइसकेको छ । दोस्रो इनिङ सुरु गर्दा चौथो दिन अष्ट्रेलियाले ३५ ओभर खेल्नुपर्ने थियो । वर्षाले गर्दा चौथो दिनको खेल २०५ मिनेटको खेल सम्भव भएको थिएन । 

यसअघि भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा ६२२ रन बनाउँदै इनिङ समाप्ति गरेको थियो । 

चेतेश्वर पुजाराले १९३ तथा रिसभ पन्तले नटआउट १५९ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले ८१ रन बनाएका थिए । नाथन लियोनले ४ विकेट लिएका थिए । 

जवाफमा अष्ट्रेलियाले ३०० रन बनाउन सक्यो । मार्कस ह्यारिसले ७९ रन जोडे । कुलदिप यादवले ५ विकेट लिए । रविन्द्र जडेजाले २ विकेट लिए । 

The Sydney Cricket Ground was swathed in pink for the annual Jane McGrath Day

अष्ट्रेलिया आफ्नो भूमिमा भारतसंग पहिलो पटक सिरिज गुमाउँदै छ । यो उपलब्धीले भारतीय कप्तान विराट कोहलीले सबैभन्दा ठूलो कीर्तिमान बनाउने कप्तान बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ