arrow

नेपालीभाषी माथि दमन गर्ने ममता भावी प्रधानमन्त्रीको सूचीमा

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
Mamata_Banerjee.jpg

काठमाडौं । नेपालीभाषी माथि दमन गर्ने पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी भावी प्रधानमन्त्रीको सूचीमा परेकी छिन् । भाजपाका पश्चिम बंगाल प्रमुख दिलीप घोषले तृणमूल कांग्रेस अध्यक्ष समेत रहेकी मुख्यमन्त्री बनर्जी भारतको पहिलो  बंगाली प्रधानमन्त्री बन्ने संम्भावना रहेको बताएका हुन् ।  उनले भने, 'प्रधानमन्त्री बन्ने सुचीको पहिलो नाममा बनर्जीको रहेको छ । उनि बंगाली प्रधानमन्त्री बने यो बंगालको लागि गौरबको बिषय हुनेछ । बंगालबाट ज्योति बसु नभइ ममता बनर्जी प्रधानमन्त्री बन्न सक्नेछिन् । '

गत बर्ष बनर्जीले नेपालीभाषीको गोर्खाल्याण्ड आन्दोलन दबाउन ठुलो शक्ति प्रयोग गरेकी थिइन् । उक्त आन्दोलन सय दिनभन्दा बढी चलेको थियो । सो अबधिमा नेपालीभाषीले गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ बन्दको कार्यक्रम ल्याएका थिए । पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य–गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलेको थियो । आन्दोलन र बन्दको अवधिमा हिंसा भड्किँदा एघार जनाको ज्यान गएको थियो भने थुप्रै सङ्ख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए ।

ममता बनर्जीको ६३ औँ जन्मदिनको शुभकामना र स्वास्थ्य र सफलताको प्रार्थना गर्दै घोषले भने, '' हाम्रो राज्यको भविष्य उनको सफलतामा निर्भर रहेको छ । उनले भने, ''हामी चाहन्छौ उनि तन्दुरुस्त रहन्  ताकि उनले राम्रो काम गर्न सकुन् । उनि स्वस्थ्य रहन आवश्यक छ किनकि यदि कोहि बंगाली प्रधानमन्त्री बन्ने संभावना रहे उनि मात्र एक हुन्।'

साथै गुजरातमा सत्तारूढ भाजपाका वरिष्ठ नेता तथा उपाध्यक्ष आई के जाडेजाले शनिवार लोकसभाको चुनावको  घोषणा मार्चको पहिलो हप्तामा हुने दावी गरेका छन् । जाडेजाले लोकसभा चुनावको तयारीको बिषयमा आयोजित पार्टीको एक बैठकमा पत्रकारहरुसँग मार्चको पहिलो हप्ता लोकसभा चुनावको मिति घोषणा हुने संभावना रहेको बताए । योसँगै कार्यकर्ता, नेता, संगठन र सरकार चुनावी तयारी गरिरहेको छन् । उनले पार्टी यसै मिति अनुसार चुनावी कार्यक्रमको तयारी गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ