arrow

दुई लाखमा आमाले बेचिन् तीन दिनको शिशु, भन्छिन्–पैसाको खाँचो थियो

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
child.JPG

काठमाडौं । दिल्लीको मंगोलपुरीको एक गरीब परिवारकी आमाले आफ्नी तीन दिनको शिशु २ लाख रुपैयाँमा अर्की महिलालाई बेचेकी छिन् । यतिमात्र नभई त्यसको भोलिपल्ट ती महिलाले पनि एक व्यक्तिलाई नवजात शिशु ८ लाखमा बिक्री गरेकी थिइन् ।

यो मामिला दिल्लीको महिला आयोगमा पुगेसँगै दुवै खरिदकर्तालाई मानव तस्करीको मुद्दा दायर गरिएको थियो । जनवरी ३ मा यसबारे आयोगमा उजुरी परेको थियो ।

उजुरीकर्ताका अनुसार छिमेकी एक महिलाले गत नोभेम्बरमा एक बच्चीलाई जन्म दिएकी थिइन् । आयोगमा बच्चीकी आमाले पनि सो आरोप स्वीकार गरेकी थिइन् । यसको कारणमा उनले आफ्नो पति बेरोजगार र अत्यधिक मदिरा पान गर्ने र आफूलाई पैसाको खाँचो भएकोले बच्चीलाई बेचेको बताएकी थिइन् ।
 
उनले क्लिनिकमा काम गर्ने एक महिलालाई बिक्री गरेकी थिइन् । सो महिलाले पनि भोलिपल्टै बच्ची अर्को एक व्यक्तिलाई ८ लाखमा बेचेकी थिइन् । यद्यपि उक्त व्यक्तिको नाम र ठेगाना भने उनले बताएकी छैनन् ।

प्रहरीमा यसबारे मुद्दा पनि दायर भएको छ तर यसमा बच्चीका आमाबाबुको नाम भने समावेश गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ