arrow

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७५ पुष २२ आइतबार
afghanistan-goldmines.jpg

कुन्दुज। अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन्। बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु सात जना गम्भीर घाइते भएका जिल्ला गर्भनर मोहम्मद रुस्तम राघीले बताए।

स्थानीय गाउँलेहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए। मानिसहरु भित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै राघीले बताए।

खानीको पर्खाल भत्किएको कारण हालसम्म थाहा हुन सकेको छैन। प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नजारीले खानीमा काम गर्नेहरु व्यावसायिक व्यक्तिहरु नभएको बताए। स्थानीय गाउँलेहरु खानीको व्यवसायमा दशकौंदेखि संलग्न छन् र तिनीहरुमा सरकारको कुनै नियन्त्रण पनि छैन, नजारीले भने। उनले सरकारले गाउँमा उद्धार टोली पठाएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ