arrow

राष्ट्र बैंकको आरविआईसँग आग्रह : १०० माथिका नोटलाई बैधानिक बनाईदिनु

logo
प्रकाशित २०७५ पुष २२ आइतबार
NRB_RBI.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकलाई पत्र लेखी १०० भन्दा माथिका नोटलाई पनि बैधानिकता दिन आग्रह गरेको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले एक पत्र लेख्दै आरविआईसँग यस्तो प्रस्ताव गरेको हो । आरविआईले नेपालमा १०० भन्दा माथिका भारतीय नोटहरु प्रतिबन्ध लगाएपछि सरकारले पनि गत मंसिर २४ गते मन्त्रिपरिषद्को निर्णयबाट नेपालमा १०० माथिका नोट नचलाउन सबैसँग आग्रह गरेको थियो ।  

गत शुक्रबार पठाईएको सो पत्रमा २००, ५०० र २०००का नोटहरुलाई पनि बैधानिकता दिन आग्रह गरिएको छ । नेपालमा भारतीय नोट प्रतिबन्धका कारण नेपालमा भारतबाट आउने पर्यटनमा असर पर्ने विश्लेषण भईरहेको बेला राष्ट्र बैंकले यस्तो आग्रह गरेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार भारतीय ती मुद्राहरुलाई बैधानिकता दिन आग्रह गरिएको छ । नेपाल राष्ट्र बैंकका वैदेशिक विनिमय विभागका एक अधिकारीका अनुसार विशेषगरी बारम्बार भारत आउने जानेहरुको लागि यसले समस्या सिर्जना गरेको भन्ने गुनासो आएपछि विभागले यस्तो पत्र पठाएको हो । अहिले भारतीय रिजर्भ बैंकले ठूला भारतीय नोटहरुलाई नेपालमा स्वीकृति दिईराखेको छैन । 

दुई वर्ष अघि भारतले ५०० र १०००को नोट प्रतिबन्ध लगाउने घोषणा गरेसँगै भारतले नेपालमा भएका पनि सबै भारतीय नोटहरु अबैध घोषणा गरेको थियो । अहिलेसम्म पनि भारतीय रिजर्भ बैंकले नेपालमा रहेको भारतीय नोट सटही गरेको छैन । 

केन्द्रीय बैंक र जनतासँग गरी कूल २० करोड रुपैयाँको हाराहारीमा पैसा रहेको बताईएको छ । गत मंसिर २४ गते भारतीय रिजर्भ बैंकले नेपाली नोट प्रतिबन्ध लगाएपछि सरकारले पनि नेपालमा १०० भन्दा माथिका नोटहरु प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, पर्यटनमा नोक्सानी हुने र आफ्ना नागरिकहरु भारत जानुपर्दा पनि समस्या भएपछि राष्ट्र बैंकले यस्तो पत्र पठाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ