- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एसिया कप फुटबलमा भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । भारतले सन् १९६४ पछि पहिलो पटक एसिया कपमा जित हासिल गरेको हो ।
यूएईको अबुधाबीमा जारी प्रतियोगितामा भारतले थाइल्याण्डमाथि ४–१ गोल अन्तरले हराएर रेकर्ड बनाएको हो ।
भारतलाई जिताउन गोल मेसिन कप्तान सुनील क्षेत्रीले दुई गोल गरे । १०५ औं अन्तर्राष्ट्रिय खेल खेलेका सुनीलले ६७ अन्तर्राष्ट्रिय गोल गरे ।
यो गोलसंगै सुनीलले विश्वका चर्चित अर्जेन्टाइनी खेलाडी लियोनल मेस्सीलाई पछाडि पारेका छन् ।
मेस्सीले ६५ गोलमात्र गरेका छन् । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो भने १५४ खेलमा ८५ गोल गर्दै राष्ट्रिय टिमबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीको पहिलो नम्बरमा छन् ।
भारतका लागि थप दुई गोल अनिरुद्ध थापा र जेजे लालपेखलुआले गरे ।
थाइल्याण्डका लागि कप्तान टीरासिल डांग्डाले एक गोल गरेका थिए ।