arrow

७१ वर्षमा अष्ट्रेलियालाई हराएपछि कोहली र अनुष्काले मैदानमै यसरी मनाए खुशी

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
Virat_Kohli_and_Anushka_Sharma.jpg

काठमाडौं। भारतले अष्ट्रेलियाविरुद्धको टेष्ट सीरीज २-१ ले जितेको छ। सिडनीमा भएको टेष्ट खेलमा पानी परेपछि खेल समाप्त भएको छ। सिडनी टेष्टको अन्तिम दिन पानीका कारण खेल रद्द भएपछि भारतीय टोलिले जितको खुशीयाली मनाएको हो। सो समय कप्तान विराट कोहली र उनकी पत्नी अनुष्का शर्मा  मैदानमै खुशीयाली मनाए।

विराट र अनुष्काले मैदानमा खुशीयाली मनाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ।  विराटले उक्त जीतपछि पत्नी अनुष्कालाई मैदानमा अंगालो हाले।

अनुष्का शर्मा पिछिल्लो केहि हप्तादेखि अष्ट्रेलियामा रहेकि छन्। साथै  विराटलाई साथ दिन प्राय हरेक खेलमा देखिने गरेकी छन् । विराट कोहलीले सो सीरीज जीतलाई करियरको सबैभन्दा ठूलो उपलब्धि बताएका छन्।

भारतले ७१ वर्षपछि अष्ट्रेलियामा टेष्ट सिरिज जितेको हो। सिड्नी टेष्टको पाँचौं दिन वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज जितेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ