arrow

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
sheikh-hasina.jpg

ढाका। बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छिन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लागेकिहुन्।

उनी लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लागेकिहुन्। आज मन्त्रीहरुको पनि नियुक्ति हुने र ४७ जनाको मन्त्रिपरिषद बन्ने जनाइएको छ। ती मन्त्रीहरुमा ३१ जना भने नयाँ अनुहारका मन्त्रीहरु हुने पनि प्राप्त समाचारमा जनाइएको छ। बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले आजै अपराह्न प्रधानमन्त्री शेख हसिनालाई सपथ दिलाउने जनाइएको छ।

राष्ट्रपति अब्दुल हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन्। प्रधानमन्त्रीका रूपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनमा अवामी लिग र यस आवद्ध पार्टीहरु सहित २८८ सिटमा विजय हुन सफल भएका थिए।

हाल बङ्गलादेशको संसदमा २९९ सिट रहेको छ। हसिनाको यो चौथो प्रधानमन्त्रीको कार्यकाल हो। यसअघि ७१ वर्षीया हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्रीमा रहेको र त्यसअघि उनी सन् १९९६ देखि २००१ सम्म पनि बङ्गलादेशको प्रधानमन्त्री थिइन्। बङ्गलादेशको नयाँ संसद्को अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ