arrow

सार्वजनिक स्थलमा मदिरा पिएको आरोपमा पक्राउ परे फुटबलर रुनी

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
wayne_rooney_mug.jpg

काठमाडौं । मदिरा पिएको र सार्वजनिक स्थलमा गाली–गलौज गरेको आरोपमा स्टार फुटबलर वायर्न रुनी पक्राउ परेका छन् । गत महिना उनी पक्राउ परेका हुन् । उनलाई २५ डलर जरिवाना पनि लगाइएको छ । प्रहरीले सोमबार यो घटनाको पुष्टि गरेको हो ।

म्यानचेस्टर युनाइटेड र इंगल्याण्ड टोलीका पूर्व कप्तान रहेका उनलाई गत डिसेम्बरमा १६ मा अमेरिकाको भर्जिनियाको प्रहरीले पक्राउ गरेको थियो ।

समाचारमा बताइएअनुसार रुनीलाई अमेरिकाको डलास एयरपोर्टबाट पक्राउ गरिएको हो । यो एयरपोर्ट डीसी युनाइटेड फुटबल क्लबन जिकै रहेको छ । ३३ वर्षीय रुनी यही क्लबबाट खेल्दै आएका छन् ।

उनलाईलाई निजी मुचुल्काको आधारमा रिहा गरिएको हो । रुनी साउदी अरेबियाको एक कार्यक्रममा भाग लिएर फर्किँदै थिए । यो क्रममा उनले मदिराको साथै निद्रा लाग्ने औषधी पनि खाएका थिए । जसको कारण उनी वासिङटन पुग्ने समयमा नशाको हालतमा थिए ।
 
यसअघि सन् २०१७ को सेप्टेम्बर महिनामा फक्सवागनको कार चलाउँदै गरेको अवस्थामा पक्राउ परेका थिए । जतिबेला उनले तय गरिएको सीमाभन्दा ३ गुणा बढी मदिरापान गरेका थिए । उनलाई त्यसपछि दुई वर्षसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको थियो । त्यसका साथै कम्युनिटी सेन्टरमा विना तलब काम गर्न आदेश दिइएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ