arrow

एपीएफलाई हराउँदै झापा फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ पुष २३ सोमबार
falgunanda.jpg.jpeg

पाँचथर । पाँचथरको फिदिममा जारी १० औ रुसलान फाल्गुनन्द गोल्डकप प्रतियोगितामा झापा ११ विजयी वन्दै सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबारको खेलमा एपीएफ काठमाडौंलाई ३—१ को गोल अन्तरले हराउँदै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

झापालाई जिताउन कर्ण लिम्बूले खेल शुरु भएको २३ औ र ८५ औ मिनेटमा गरी दुई गोल गरेका थिए । यस्तै झापाकै तर्फबाट दिलेन लोकतामले थप एक गोल गरेका थिए । यस्तै एपीएफ काठमाडौंको तर्फबाट मनिष लामाले सान्तवना मार्फत ३२ औ मिनेटमा एक गोल फर्काएका थिए ।

आजको खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने झापाका कर्ण लिम्बू म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत भोली त्रिभुवन आर्मी क्लव काठमाडौं र फिदिम स्पोटिङ क्लव फिदिम वीच प्रतिस्पर्धा हुने भएको छ ।

आगामी पौष ३० गते फाइनल खेलमा १० वटा टिमको सहभागिता रहेको आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।

झापा ११,ताप्लेजुङ,आयोजक फिदिम स्पोटिङ क्लव,मोरङ ११,त्रिभुवन आर्मी क्लव काठमाडौं,एपीएफ क्लव काठमाडौं,बिग्रेड ब्वाइज काठमाडौं,सरस्वती क्लव काठमाडौं,सुनसरी ११,र रोयल एफसी दार्जिलिङको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ