arrow

भारतका पूर्व सभामुख संगमाको हृदयघातबाट निधन

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
pa-sangma.jpg.jpeg
नयाँ दिल्ली । भारतका पूर्व साभामुख पि ए संगमाको ६८ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार छ । नयाँ दिल्लीमा अवस्थित रहेको संगमाको  निवासमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो   । 
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय संसदको तल्लो सभा, लोकसभाका सभामुख सुमित्रा महाजनले पूर्व साभामुखको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । त्यसैगरी संगमाको निधनप्रति शोक व्यक्तगर्दै भारतीय संसदको आजका लागि बोलाइएको अधिवेशन यही मार्च ८ सम्मका लागि स्थगित गरिएको पनि समाचारमा जनाइएको छ । 
 
पूर्व साभामुख पि ए संगमालाई भारतमा उत्तरपूर्वी क्षेत्रका हस्तीका रुपमा चिनिन्थ्यो । संगमाको निधनले भारतीय राजनीतिका एक असल व्यक्ति मात्र नभएर उत्तरपूर्वी क्षेत्रमा पनि ठूलो क्षति पुगेको प्रधानमन्त्री मोदीले ट्वीट  गरे । 
 
संगमा सन् १९९६ देखि १९९८ सम्म भारतीय संसदको सभामुख थिए । उनि भारतीय राज्य मेघालयको मुख्यमन्त्री समेत भए ।  पूर्व सभामुख संगमा सन् १९८८ देखि १९९० सम्म भारतीय मेघालय राज्यको मुख्यमन्त्री बनेका थिए । संगमाको कार्यकाल अत्यन्तै सफल रहेको र मेघालय  राज्यमा धेरै राम्रा काम गरेको बताइन्छ । उनि वर्तमान भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्रत्यासीका रुपमा भारतको राष्ट्रपति पदमा पनि उम्मेदवार बनेका थिए । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ