arrow

भारतको कीर्तिमानी जितले थाई प्रशिक्षकको जागिर गयो 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
thailand-football-coach.jpg

काठमाडौं । एसिया कप फुटबलमा भारतले हासिल गरेको कीर्तिमानी जितले थाइल्याण्डका मुख्य प्रशिक्षकको जागिर गएको छ । भारतसँग ४–१ ले पराजित भएपछि थाइल्याण्डले मुख्य प्रशिक्षक मिलोभान  राजिभाकलाई बर्खास्त गरेको हो । 

आफ्नो पहिलो खेलमा थाइल्याण्ड भारतसँग पराजित भएपछि ६५ वर्षे सर्बियन प्रशिक्षक मिलोभानलाई बर्खास्त गरेको हो ।

सन् २०१७ देखि टोलीलाई सम्हालेका मिलोभानको टोली थाइल्यान्डले पहिलो हाफ १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको भारतले तीन गोल थप्यो । 

प्रशिक्षक मिलोभान बर्खास्त भएपछि सहायक पूर्वप्रशिक्षक सिरिसाक योदयार्दथाइले टोलीलाई सम्हाल्ने छन्। उनको प्रशिक्षणमा  थाइल्यान्डले समूह चरणका अन्य खेलमा बहराइन र आयोजक युनाइटेड अरब इमिरेट्स युएइसँग प्रतिस्पर्धा गर्नेछ। 

भारतले भने एसिया कपमा ५५ वर्षपछि पहिलो जित आत्मसात् गरेको छ। सुनील क्षेत्रीले लियोनल मेस्सीको कीर्तिमान समेत तोडेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ