arrow

क्रुर राजनीतिः विपक्षीलाई भोट दिएपछि सामूहिक करणी 

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
Rape.jpg.jpeg

काठमाडौं । राजनीतिको नशा कति खतरनाक हुँदो रहेछ भन्ने कुराको उदाहरण बुझ्न टाढा जानै पर्दैन । बंगलादेश गए पुग्छ ।

बंगलादेशको शेख हसिना वाजेद नेतृत्वको सत्ताधारी पार्टी अवामी लिगका नेता तथा कार्यकर्ताले विपक्षीलाई भोट दिएपछि गरेको घटना नशा बुझ्न काफी छ । 

उनीहरुले विपक्षीलाई भोट हालेको रीसमा एक महिलामाथि सामूहिक बलात्कार नै गरेका थिए । बंगलादेशको अदालतले सामूहिक बलात्कारको घटनामा संलग्न एक स्थानीय नेतासहित ७ जनालाई पक्राउ गर्न आदेश नै दिएको छ । 

पीडित ३५ वर्षीया महिलाले आफूलाई विपक्षी बंगलादेश नेश्नालिस्ट पार्टीलाई भोट दिएको आरोपमा सामूहिक बलात्कार गरेको बताएकी छिन् । चार सन्तानकी आमा ती महिलामाथि चुनाव भएको ३० डिसेम्बरको राति सामूहिक बलात्कार भएको थियो ।

घटना सार्वजनिक भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गर्दै प्रदर्शन गरेका छन् । अभियुक्तले भने आरोप अस्वीकार गरेका छन् । बलात्कारका संदिग्ध अवामी लिगका नेतालाई पार्टीबाट निष्कासित गरिएको छ ।

पीडित महिलाका पतिले गत साता मुद्दा दर्ता गराएका थिए । नोआखली जिल्लामा रहेको उनीहरुको घरमा जबरजस्ती घुसेर आफू र चार जना बच्चालाई बाँधेर पत्नीलाई बलात्कार गरेको पीडित पतिले उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ