arrow

उत्तर कोरियाली शासक किम पत्नीसहित चीन यात्रामा, ट्रम्पसंग छलफल गर्न सीको अनुमति

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
kim3.jpg

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उन अचानक चीन आएका छन् । पत्नी रि सोल जुसँगै किम तीन दिनका लागि चीन आएका हुन् । 

A train believed to be carrying North Korean leader Kim Jong Un arrives at Beijing Railway Station in Beijing, China January 8, 2019.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी भेटघाटका लागि चीनको अनुमति र एजेन्डाबारे छलफल गर्न किम चीन पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । 

रेलमार्ग हुँदै चीन पुगेका किमले चिनियाँ राष्ट्रपति  सि जिन पिङसंग छलफल गर्नेछन् । सीको निमन्त्रणामा चीन पुगेका किम यसअघि ट्रम्पसंग पहिलो पटक सिंगापुरमा छलफल हुनुअघि पनि सीसंग परामर्श गरेका थिए । 

Images of Xi Jinping with Kim Jong Un, are displayed at a newspaper stand in Beijing on March 28, 2018

गत जुन महिनामा उनीहरुबीच भेट भएको थियो । बीबीसीका अनुसार किम १० तारिखसम्म चीनमै रहने छन् ।अमेरिकाले समेत सम्मेलनअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेय इनसँग भेटेर रणनिति तय गर्ने बताएको बुझिएको छ । यसबारे ट्रम्पले सम्वोधन गर्नेसमेत बुझिएको छ । 

अमेरिका र उत्तर कोरियाली नेताबीचको वार्ता छिट्टै हुने भनिए पनि समय र स्थान तय भइसकेको छैन । ट्रम्पले सोमबार किमले पत्र लेखेको भन्दै वार्ताका लागि स्थान छिट्टै तोकिने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ