arrow

२० करोड कर्मचारी दुई दिने आम हड्तालमा

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
hadtal-india.jpeg

काठमाडौं । भारतमा २० करोड कर्मचारीले विरोध प्रदर्शन गरेका छन् । उनीहरु दुई दिने आम हड्तालमा निस्केका हुन् ।

सरकारको नीतिको विरोध गर्ने क्रममा १० श्रमिक संघका कर्मचारीहरुले मंगलबार र बुधबार आम हड्ताल रोजेका हुन् । 

सरकारी नीति श्रमिक विरोधी भएको भन्दै १२ सूत्रीय माग राख्दै उनीहरु हड्तालमा उत्रेका हुन् । शिक्षा, स्वास्थ्य, टेलिकम, कोइला, स्टिल, बैंकिङ, इन्सुरेन्स र यातायातका १० श्रमिक संगठन आन्दोलनमा सामेल छन् । 

यसले गर्दा ती क्षेत्रमा ठूलो असर परेको छ । यसअघि सन् २०१६ र १७ मा पनि आम हड्ताल गरेका उनीहरुसंग सरकारले वार्ता गर्न जरुरी ठानेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ