arrow

सिटिजन्स बैंकको प्रादेशिक कार्यालय सुर्खेतमा

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
1546854297Surkhet_czbil.jpg

काठमाडौं। सिटिजन्स बैंकले कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ। संघीय संरचनाअनुसार सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकले जनाएको छ।

प्रादेशिक कार्यालयले डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत गरी सात शाखासित समन्वय गरी व्यापार बिस्तारका साथै निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू गर्ने बैंकले जनाएको छ। यसबाट छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सेवा प्रदान गर्न सघाउ पुग्ने बैंकले दावी गरेको छ।

कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ। यस प्रदेशमा बैंकले करिव ३० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। यसअघि बैंकले प्रादेशिक कार्यालयहरुः प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा र प्रदेश नं ५ को नेपालगंजमा संचालनमा ल्याइसकेको छ।

बैंकका देशैभरी ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ