arrow

तुलसिपुर उद्योग बाणिज्य सङघलको सभाहल शिलान्यास

logo
शरद रेग्मी,
प्रकाशित २०७५ पुष २४ मंगलबार
fncci-tulashi.jpg

दाङ। दाङको तुलसिपुरमा बहुआयामिक सभाहलको सिलन्यास गरिएको छ। तुलसिपुर उद्योग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहलको सिलन्यास गरिएको हो। पश्चिम दाङमा सुबिधायुक्त सभाहल नहुदा ठुला कार्यक्रमहरु सञ्चालन गर्न समस्या भैरहेको सन्दर्भमा उद्योग बाणिज्य सङघले निर्माण गर्न लागेको सभाहललाई सबै क्षेत्रबाट सहयोगमाको खाचो रहेको समेत ब्यबसायिहरुले बताएका छन।

तुलसीपुर–९ दोघरेमा करिब ५ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा पार्किङ सहितको बहुआयामिक सभाहल निर्माणको काम सुरु अगाडि बढाउने तयारी भैरहेको निर्माण समितिका सयोजक बिमल रिजालले जानकारी दिए। हामिले महापुराणबाट सङकलन गरेको करिव दुई करोड र अन्य मेला महोत्सब तथा विभिन्नक्षेत्रबाट प्राप्त सहयोग गरि करिव तीन करोडको तयारीमा जुटेका छौ सयोजक रिजालले भने। 

विभिन्न क्षेत्रबाट सहयोगका लागि गरिएका प्रतिबद्दता अनुरुप सभाहलको निर्माणको काम अगाडि बढाएका छौ, सयोजक रिजालले भने। झन्डै आठ सयभन्दा बढि मानिसहरू अट्ने सभाहलमा प्रदेश स्तरीय कार्यक्रमहरुका साथै बिबाह, सेमिनार, ब्यबसायिक भेला, गोष्ठि तथा अन्य धार्मिक एव राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु समेत गर्नसकिने बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले बताए।

उनका अनुसार तुलसिपुरमा निर्माण हुन लागेको बहुआयामिक सभाहल पश्चिम दाङको सबैभन्दा ठुलो क्षमता भएको हुने छ। सभाहल डेढ बर्ष भित्र निर्माण  सम्पन्न हुने बताईएको छ। सभाहलको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले शिलान्यास गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ