arrow

चेल्सी टोटनह्यामसंग पराजित, भीएआरले दियो साथ

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
carabao-football.jpg

काठमाडौं। इएफएल कप वा लिग कप वा काराबाओ कप फुटबलको पहिलो सेमिफाइनलमा चेल्सी टोटनह्याम हट्सपरसंग पराजित भएको छ। सेमिफाइनलको पहिलो लेगमा चेल्सी १–० गोल अन्तरले पराजित भएको हो। टोटनह्यामको मैदानमा भएको खेलमा जितको निर्णायक आधार पेनाल्टी भएको थियो। विश्वकपमा वाहीवाही पाएका इंगलिश खेलाडी ह्यारी केनले २६ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

चेल्सीका गोलरक्षक केपा अर्रिजाबालागाले केनलाई गरेको फाउलका लागि रेफ्री माइकल ओलिभरले भिडियो एसिस्टेन्ट रेफ्री भीएआरको सहयोगमा टोटनह्यामलाई पेनाल्टी दिएका थिए। सेमिफाइनलको दोस्रो लेग जनवरी २४ मा चेल्सीको मैदानमा हुनेछ। दोस्रो सेमिफाइनलको पहिलो लेगमा बुधबार राति म्यान्चेस्टर सिटीले घरेलु मैदानमा बुर्टोन आल्बियनसंग खेल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ