arrow

सलाहलाई अफ्रिकन वर्ष खेलाडीको उपाधि

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
salah7.jpg

काठमाडौं । इंगलिश फुटबल क्लब लिभरपुलका इजिप्सियन खेलाडी मोहम्मद सलाहले अफ्रिकन वर्ष खेलाडीको उपाधि जितेका छन् । भरपर्दा स्ट्राइकर सलाहले लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन् । 

उनले लिभरपुलकै क्लबका सादियो माने र इंगलिश क्लब आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पार्दै उपाधि जितेका हुन् । 

सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहले यो अवार्ड पाएका हुन् । 

सेनेगलमा मंगलबार राति आयोजना भएको विशेष समारोहमा सलाहले अवार्ड पाएका हुन् ।

Liverpool's Mohamed Salah has been crowned the 2018 African Player of the Year 

सलाहले  २०१७ र १८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए । यस्तै रसिया विश्वकपमा देशले खराब प्रदर्शन गरे पनि उनले दुई गोल गरेका थिए ।

Salah enjoyed a record-breaking 2017/18 campaign, scoring 32 goals in the Premier League



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ