arrow

नेपालको आर्थिक बृद्धिदर ६.३ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण, सार्कमा चौथो स्थान

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
world-bank.jpg

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वर्ष २०१८/१९ को आर्थिक बृद्धिदर ६.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । मंगलबार विश्व बैंकले सार्वजनिक गरेको 'ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स : डार्कनिङ्ग स्काइज' रिपोर्टमा नेपालको आर्थिक बृद्धिदरबारे प्रक्षेपण गरेको हो । 

विश्वका सबै देशहरुको आर्थिक बृृद्धिदरको विवरण सार्वजनिक गरेको विश्व बैंकको सो तथ्यांक अनुसार नेपालको यो आर्थिक वर्षको प्रक्षेपित आर्थिक बृद्धिदरलाई आधार मान्ने हो भने नेपालको यो बृद्धिदर दक्षिण एशियाली मुलुकहरुमा पाँचौ स्थानमा रहेको छ ।    

विश्व बैंकको सोही रिपोर्ट अनुसार अघिल्लो वर्ष नेपालको प्रक्षेपित आर्थिक बृद्धिदर ७.९ प्रतिशत रहेको थियो । यो वर्ष अघिल्लो वर्षको भन्दा कम प्रक्षेपण गरिएको हो । यो वर्ष दक्षिण एशियाली मुलुकहरुमा सबैभन्दा बढी माल्दिभ्सले ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिईएको छ । यो वर्ष समग्र दक्षिण एशियाली मुलुकहरुको आर्थिक बृद्धिदर ६.९ प्रतिशतको प्रक्षेपण गरिएको छ । 

मुलुकगते हिसावले हेर्दा यो वर्ष वंगलादेशको कूल आर्थिक बृद्धिदर ७.९ प्रतिशत रहने अनुमान गरिएको छ भने छिमेकी मुलुक भारतको आर्थिक बृद्धिदर ७.३ प्रतिशतमा सीमित हुने देखिएको छ । दक्षिण एशियाभन्दा माथि उठेर हेर्ने हो भने अर्काे छिमेकी मुलुक चीनको मुल्यबृद्धि ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । 

धेरै आर्थिक बृद्धि हाँसिल गर्ने मुलुकहरुको सूचीमा सार्क मुलुकहरुको चौथो स्थानमा नेपाल रहेको छ । नेपाल पछि रहेका मुलुकहरुमा पाकिस्तानको ५.८ प्रतिशत, भुटानको ४.६ प्रतिशत र श्रीलंकाले ३.९ प्रतिशतको आर्थिक बृद्धि हाँसिल गर्ने प्रक्षेपण गरिएको छ । यो सूचीमा सबैभन्दा अन्तिम स्थानमा भने अफगानिस्तान रहेको छ । जसको २.८ प्रतिशतको आर्थिक बृद्धि हासिल हुने प्रक्षेपण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ