एनआईसी एशिया बैंकलाई अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र
प्रकाशित २०७५ पुष २५ बुधबार
213
Shares
काठमाडौं। एनआईसी एशिया बैंकले अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । युनाइटेड रजिस्टार अफ सिस्टम युकेएस /युके द्वारा दिइने उक्त अवार्डमा बैंकले आईएसओ ९००१:२०१५ मान्यता प्राप्त गरेको हो।
एनआईसी एशियाले आकर्षित ग्राहकलक्षित योजना, चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, सुशासन तथा ग्राहकको विश्वसनीयता, जस्ता कारणले अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाएको जनाएको छ।
बैंकको नेपालभर २ सय ७० शाखा , ३७ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ इकाई रहेको छ।