arrow

लक्ष्मी बैँक र स्टार हस्पिटलबीच सम्झौता

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
star-3121-2.jpg

काठमाडौं। लक्ष्मी बैँक र स्टार हस्पिटलबीच एकआपसमा सहकार्य गर्ने सम्झौता भएको छ। यो सम्झौतासँगै लक्ष्मी बैंकका सेवाग्राहीले स्टार हस्पिटलमा उपचार गराउँदा आकर्षक छुट पाउने भएका छन। लक्ष्मी बैँकका तर्फबाट सिईओ अजय शाहले तथा स्टार हस्पिटलका तर्फबाट अस्पतालका सिईओ सन्देश जिसी सम्झौता पत्रमा हस्ताक्षर गरे। 

सम्झौता अनुसार स्टार हस्पिटलले लक्ष्मी बैँकका कर्मचारी तथा डेविट कार्ड वा क्रेडिट कार्ड भएका बैँकका सेवाग्राहीहरुलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिदैँ आएको नियमित शुल्कमा  छुट प्रदान गरिने जनाएको छ। छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैँकको डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्ने अस्पतालले जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ