arrow

डेविट र क्रेडिट कार्डमा आरविआईको सुरक्षा चिन्ता, नयाँ व्यवस्था लागू

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
RBI.jpg

काठमाडौं । भारतीय रिजर्भ बैंकले डेविट तथा क्रेडिट कार्डको प्रयोगमा सुरक्षा चिन्ता देखाएको छ । बैंकले यसको सुरक्षालाई थप मजबुत बनाउनु पर्ने आवश्यकता महसुस गर्दै नयाँ टोकन व्यवस्था अपनाउनको लागि एक दिशा निर्देश तयार पारेको छ । डेभिट वा क्रेडिट कार्डको प्रयोगलाई विस्थापित गरि टोकन सिस्टममा जानको लागि नयाँ व्यवस्था गरेको भारतीय रिजर्भ बैंकले जनाएको छ । 

यो टोकन व्यवस्थाको मूल उद्देश्य नै भुक्तानी व्यवस्थालाई थप सुरक्षित बनाउनु रहेको भारतीय रिजर्भ बैंकले जनाएको छ । यो टोकन व्यवस्था डेभिट र क्रेडिट कार्ड दुबैमा लागू हुने बताईएको छ । 

यो नयाँ प्रणालीको तात्पर्य वास्तविक कार्डलाई एक विशिष्ट बैकल्पिक कोड टोकनद्वारा बदल्नु हो । यो कोड आफैंमा एक विशिष्ट व्यवस्था हो । प्वाईन्ट अफ सेल (पिओएस) टर्मिनल, क्विक रेस्पोन्स कोड मार्फत् भुक्तानीका लागि वास्तविक कार्डको साँटो कार्डसँग सम्पर्करहित तरिकाबाट लेनदेनको लागि यो टोकन प्रयोग गर्न सकिने बताईएको छ । 

केन्द्रीय बैंकले भनेको छ कि टोकन कार्डबाट लेनदेनको सुविधा वर्तमानमा मोबाइल फोनबाट नै उपलब्ध हुन्छ । यसबाट प्राप्त अनुभवको अनुभवको आधारमा पछि यसको विस्तार अन्‍य उपकरणमा पनि प्रयोग गर्न सकिन्छ । आरबिआइले कार्डलार्इ टोकनीकरण गर्न र टोकन व्यवस्थाबाट हट्ने काम केवल अधिकृत कार्ड नेटवर्कद्वारा नै गर्न पनि सरोकारवाला सबैलाई आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ