arrow

खुल्यो चीनको 'तेस्रो आँखा', पूरा भारतको जति क्षेत्रफलको निगरानी गर्नसक्ने

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
woody-island-via-deimos-imaging-_web.jpg

काठमाडौं । चीनले एउटा यस्तो राडारको आविस्कार गरेको छ जसले हङकङमा बसेर नै भारतमा भइरहेको गतिविधि जान्न सक्ने छ । यो राडारको माध्यमबाट चिनियाँ नौसेना पुरै भारतलाई लगातार निगरानी गर्न र दुश्मनको मिसाईललाई लिएर निश्चित समय पहिले नै चिनियाँ नौसेनालाई सचेत गराउन सकिने बताईएको छ । 

कम्प्याक्ट साईजको सो आधुनिक सामुद्रिक राडारलाई चीनको तेस्रो आँखाको संज्ञा दिईएको छ। बुधबार एक मिडिया रिपोर्टमा भनिएको छ कि घरेलु स्तरमा विकसित गरिएको राडार सिस्टमको कारण चीनको नौ सेनाे देशको सामुद्रिक इलाकामा पूरा किसिमले नजर राख्न सक्छ। यही राडारको कारणले दुश्मनको विमान तथा मिसाईलहरुबाट आउने खतरालाई लिएर पहिले नै फौजलाई अलर्ट गराउन सकिन्छ । 

हङकङबाट प्रकाशित हुने साउथ चाईना मर्निङ पोष्टको एक रिपोर्टका अनुसार चिनियाँ एकेडेमी अफ साईन्सेजका शिक्षाविद् लियू योंगतानलाई चीनको रेडार टेक्नोलोजी विकासको श्रेय दिईएको छ । 

कति महत्वपूर्ण छ यो सिस्टम ?
लियूने भनेका छन् कि शिप बेस्ड राडारले चिनियाँ सेनालाई पहिलेको भन्दा धेरै ठूलो क्षेत्रमा निगरानी गर्नको लागि सहयोग गर्दछ । उनले भनेका छन् कि पारम्परिक रुपमा प्रयोग गरिएको प्रविधिले कूल समुद्री भागको २० प्रतिशत मात्रै क्षेत्र निगरानी गर्न सकिन्थ्यो । नयाँ प्रणालीले पूरै भारतको जति क्षेत्रफल छ सो क्षेत्रफलमा निगरानी बढाउन सक्छ । यो प्रविधिले दक्षिण चीन सागर, हिन्द महासागर र प्रशान्त महासागरमा चिनियाँ नेवीको जानकारी एकत्रित गर्नको लागि यो महत्वपूर्ण हुन्छ। 

एक रिपोर्टका अनुसार चीनले एउटा विशाल एन्टेना पनि बनाएको छ । चिनियाँ सेनाको यो वर्ष बजेट बढेर लगभग १७५ अर्ब डलर पुगिसकेको छ। चिनियाँ यो सबै तयारी अमेरिकासँग बढेको चुनौतीको लागि भएको बताईएको छ। चीनले दुई विमानबाहक पोत बनाईसकेको छ भने तेस्रो बनाउने तयारीमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ