arrow

पूरा भारतको निगरानी गर्न सक्छ चीनको नयाँ र्‍याडर

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २५ बुधबार
china_monitored.png

काठमाडौं । चीनले कम्प्याक्ट साइजको आधुनिक र्‍याडर विकास गरेको छ । यसको क्षमताको हिसाबमा यसले पूरा भारतबराबरको क्षेत्रफलमा निगरानी बढाउन सक्छ । 

बुधबार चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार घरेलु स्तरमा विकास गरिएको यो र्‍याडर प्रणालीबाट चीनको जनसेना समुद्री क्षेत्रको पूर्णरुपमा निगरानी गर्न सक्छ । यसका साथै यो प्रणाली अहिले रहेको प्रविधिको तुलनामा विपक्षी जहाज, विमान र मिसाइलबाट आएको खतरालाई लिएर पहिले नै सतर्क अवस्थामा राख्न सहयोग गर्छ । 

समाचारमा बताइएअनुसार चिनियाँ वैज्ञानिकहरुले यो प्रविधिको विस्तार गरेका हुन् । चीनले यस किसिमको र्‍याडर विकसित गरेको भन्दै मुलुकको सबैभन्दा ठूलो पुरस्कार दिएका छन् । यसबाट पनि यो र्‍याडर कत्तिको महत्वपूर्ण छ भन्ने अनुमान लगाउन सकिन्छ । यो पुरस्कार कियान क्विहूले पाएका थिए । उनले अन्डरग्राउण्ड न्युक्लियर फ्यासिलिटिज तयार गर्ने काममा पनि ठूलो भूमिका निर्वाह गरेका थिए । 

यो प्रणालीको माध्यमबाट चीनले दक्षिण चीन साागरका साथै प्रशान्त सागरमा पनि आफ्नो निगरानी बढाउनसक्ने बताइएको छ । 

एक प्रतिवेदनअनुसार चीनले एक विशाल एन्टेना पनि बनाएको छ । चीनले आफ्नो सेनाको बजेट बढाएर १ खर्ब ७५ अर्ब डलर पुर्‍याएको छ । साथै सेना तथा रक्षाका उपकरणमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । अमेरिकाको चुनौतीमा चीनको ध्यान रहेको बताइएको छ । चीनले दुई विमानवाहक पोत बनाएको छ र तेस्रो निर्माणको क्रममा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ