arrow

सलमान, आमिर र शाहरुखको गिर्दो शाख

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
salman-aamir-shah-rukh.jpg

काठमाडौं । बलिउडमा सन् २०१८ निकै राम्रो रह्यो । यसै बर्ष चर्चित कलाकारहरु विवाह बन्धनमा बाधिए । साथै नयाँ कलाकारहरुको अभिनयले कम बजटको चलचित्रहरु पनि बक्स अफिसमा सफल भए । तर यस बर्ष तीन खानका लागि भने राम्रो हुन सकेन । बलिउडमा  खान अभिनेताहरुको क्रेज शायद अब अन्त्यको दिशामा लागेको छ । उनिहरुको स्थान युवा कलाकारले लिने संभावना बढेको देखिन्छ ।

५३ बर्ष कटि सकेका तीन खान अभिनेताहरुले अब मुख्य भुमिका छोडेकै राम्रो हुनेछ । किनकि जिवनको आधा बढि उमेर काटिसकेका यी अभिनेताहरु आफु भन्दा आधा उमेर कम भएका अभिनेत्रीहरुसँगको रोमान्स दर्शकलाई अब पचाउन गार्हो परेको छ । त्यसैले शाहरुखको 'जीरो' वास्तवमा जीरो सावित भयो । आमिर खानको  ठग्स अफ हिन्दोस्तानले बक्स अफिसमा दर्शक आफैलाई ठगिएको महसूस गरायो  भने सलमानको रेस पनि सफल चलचित्रको रेसबाट बाहिरियो ।

जीरो- सन् २०१८ मा शाहरुख खानको एक मात्र चलचित्र रिलिज भयो । चलचित्र 'जीरो' राम्रो सम्भावना बिच चुक्यो । चलचित्रमा सुपरस्टार शाहरुख खान उनको रोमान्टिक स्टारडमबाट बाहिर निस्किएर बाम पुड्के बनेका थिए । साथै  निर्देशक आनंद लाल रायले आफ्नो सेफ साइटबाट बाहिर निस्किएर केहि फरक गर्ने  प्रयास गरेका थिए । तर चलचित्रमा दुवै सफल भने हुन सकेन ।  स्टार र निर्देशकले चलचित्रको सम्पर्ण रुपमा यसरी काम गरेकी चलचित्र कृत्रिम जस्तो देखियो । चलचित्रमा शाहरुख खान, अनुष्का शर्मा, कट्रिना कैफ, टगमान्शु ढुलिया र जेसन अबुल रहेका छन् ।   चलचित्रको निर्देशक आनंद एल राय हुन् भने  निर्माता गौरी खान हुन् ।

ठग्स अफ हिन्दोस्तान- आमिर खान बर्षमा एक मात्र चलचित्रमा अभिनय गर्छन् । साथै अहिलेसम्म उनले जुन चलचित्रमा अभिनय गरे सबै हिट भए चाहे त्यो दंगल होस् पीके वा थ्री इडियट। तर मिस्टर परफेक्शनिस्ट अब आफ्नो पहिलेको जस्तो जादू दर्शकहरुमा देखाउन सकेका छैनन् । उनको चलचित्र ठग्स अफ हिन्दोस्तानबाट दर्शकहरुले धेरै अपेक्षा गरेका थिए । किनकि सो चलचित्रमा आमिरका साथै महानायक अमिताभ बच्चन पनि थिए । तर अफसोचको कुरा यो छ कि दुई हस्ति भएको उक्त चलचित्र सफल हुन सकेन ।  दर्शकले चलचित्र मन पराएनन् ।

रेस थ्री - सलमान खान बलिउडका एक मात्र यस्ता हिरो हुन् । जसको फ्लप चलचित्रले पनि सय करोडको कारोबार गरेको छ । तर सलमानको लागि सन् २०१८  राम्रो रहेन । रेस सीरिजको उनको तेस्रो चलचित्र रेस-३ लाई दर्शकले मन पराएनन् । चलचित्रको डाइलग्सका साथै बाकी कलाकारको अभिनयमा कुनै दम देखिएन ।

बलिउडमा दशकमाथि राज गर्ने यी तीन खान अभिनेताहरुको जादू अब समाप्त हुदै गएको बुझिएको छ । पछिल्लो समय बलिउडले विक्की कौशल, कार्तिक आर्यन, आयुष्मान खुराना र राजकुमार राव जस्ता नयाँ प्रतिभाशाली कलाकार पाएको छ । सन् २०१८ मा यी अभिनेताहरुले आफ्नो दमदार अभिनयले फ्यानहरु बढाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ