arrow

सत्याग्रही डा केसीको १६ औं चरणको आमरण अनसन जारी, कुन सरकारको पालाका कतिपटक अनसन ? 

यसअघि माग पूरा गर्छु भन्न ओलीले २७ दिन लगाए, अहिले कति समय लाग्ला ?

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
dr-govinda-kc-ilam-16th-strike2.jpg

काठमाडौं । सत्याग्रही डा।गोविन्द केसीको १६ औं चरणको आन्दोलन बुधबारदेखि जारी छ । १६ औं चरणको आन्दोलन उनले इलाम पुगेर गरेका हुन् । इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा केसीले अनशन सुरु गरेका थिए । 

डा केसीले यसपटक चिकित्सा शिक्षा विधेयक आफूसंग सरकारले साउन १० गते गरेको सहमति अनुसार नै हुनुपर्ने सहितका सामाजिक समेत समेटेर ६ बुँदे माग राखेका छन् । 

उनले सरकारले आफूसंग गरेको सम्झौताको अक्षरस पालना हुनुपर्ने भन्दै अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने बताएका छन् । 

यसअघि उनले १५ चरणको अनसन जुम्लामा गरेका थिए । यसपटक सरकार कति दिन पछि गल्छ वा चिसोका कारण डा केसी छिट्टै थला पर्नेछन् र काठमाडौं ल्याउनु पर्ने हो त्यो भने समयले बताउने छ । 

यसअघि कहिले र कसका पालामा कति दिन बसे डा केसी अनसन ? 
चिकित्सा शिक्षाको बेथिति अन्त्यका लागि सुरु भएको उनको आमरण अनसन यसपटक १६ औं हो । उनले डा बाबुराम भट्टराईका पालादेखि आमरण अनसन थालेका थिए । त्यसपछि अहिलेसम्म जारी छ । कुनै पनि सरकारले उनका माग सुनेका छैनन् ।

डा केसी अनसन बस्दा को थिए त प्रधानमन्त्री ?

–बाबुराम भट्टराई, एनेकपा माओवादी  २ पटक (४, ८ दिन)

–खिलराज रेग्मी  २ पटक (१०, ८ दिन)

–सुशील कोइराला, नेपाली काँग्रेस ३ पटक (१२, १४, १२ दिन)

–पुष्पकमल दाहाल प्रचण्ड, नेकपा माओवादी केन्द्र  २ पटक (१२, २२ दिन)

–शेरबहादुर देउवा, नेपाली काँग्रेस ४ पटक (२३, ३, १४, ६ दिन)

केपी शर्मा ओली, नेकपा ३ पटक – एमाले हुँदा १ पटक १५ दिन, नेकपा हुँदा साउनमा २७ दिन र अहिले जारी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ