सर्वाेच्च अदालतको आदेशमाथि भारतीय सेनाध्यक्षले भने ‘सेनाले मान्दैन’

प्रकाशित मिति : २०७५ पौष २६ बिहिबार

काठमाडौं । भारतीय स्थल सेनाध्याक्ष विपिन रावतले समलिङ्गी विवाहको विषयमा सर्वाेच्च अदालतले दिएको आदेश सेना भित्र लागू नहुने घोषणा गरेका छन् । समलिङ्गी सम्बन्धलाई बैधता दिने विषयमा सर्वाेच्चले गरेको फैसला भारतीय सेना भित्र लागू नहुने रावतले स्पष्ट पारेका हुन् । 

बिहीबार राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने ‘सेनामा केही कुरा वर्जित हुन्छ । जुन कुराले राष्ट्रिय हित र सुरक्षालाई प्रत्यक्ष असर गर्दछ । त्यो सेनाले मान्दैन । समलिङ्गी विवाह पनि सेनाले स्वीकार गर्दैन । यो भारतीय सेनामा अझै वर्जित छ।'

उनले भने ‘यो भन्नुको अर्थ सैनिक कानून भन्दा माथि हुन्छ भन्ने होईन भन्दै आर्मी कानूनको धेरै दफाहरुले समलिङ्गी सम्बन्ध, उभयलिङ्गी सम्बन्ध जस्ता विषयहरुलाई प्रतिबन्धित गरेको छ । त्यसैले हामीहरु त्यो स्वीकार्न सक्दैनौं ।’

गत सेप्टेम्बर महिनामा भारतीय सर्वाेच्च अदालतको ५ न्यायाधीशहरुको संवैधानिक इजलासले समलिङ्गी विवाह र सम्बन्धलाई बैध घोषणा गरेको थियो । यसबारे सेनाप्रमुख रावतलाई उद्दृत गर्दै भारतीय सञ्चार संस्था एएनआईले भनेको छ ‘सेना यस विषयमा पुरातनबादी छ । समलिङ्गी सम्बन्धको बैधता सेनाले स्वीकार गर्न सक्दैन ।’ 

नयाँ