arrow

जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने

logo
एएफपी,
प्रकाशित २०७५ पुष २६ बिहिबार
Jaguar-Land-Rover-car.jpg

लन्डन। बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ। चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो।

बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा हाल ४० हजारभन्दा बढी बेलायती कार्यरत छन्। हाल यो कम्पनी भारतीय टाटा मोटर्सको स्वामित्वमा रहेको छ।

बिबिसीको रिपोर्टमा नयाँ व्यवस्थाबाट मार्केटिङ, व्यवस्थापन र प्रशासनमा सबैभन्दा बढी प्रभाव पर्ने उल्लेख छ। बिबिसीका अनुसार कम्पनीको लगानीमा करिब ३ अर्ब २० करोड कटौती गर्ने प्रस्तावका कारण कर्मचारी कटौती हुन लागेको हो।

कम्पनीका कारको बिक्री चीनमा ह्वात्तै घटेको छ भने ब्रेक्जिटपछि बेलायतको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने त्रास पनि बढेको छ। मार्च २०१९ मा बेलायत युरोपेली युनियनबाट बाहिरिए पनि युरोपेली युनियनमा कम्पनीको एउटा प्लान्ट रहनेछ।

गत अक्टोबरमा ल्यान्ड क्रुजरले पश्चिमी स्लोभाकीयाको नीट्रामा एक अर्ब ६० करोड लागतमा नयाँ प्लान्ट स्थापना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ