arrow

किमको निम्तो सीले स्वीकारे

logo
योन्हाप,
प्रकाशित २०७५ पुष २६ बिहिबार
kim-si.jpg

सोल, दक्षिण कोरिया। चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकारेको कोरियाली समाचार संस्था (केसीएनए) ले बिहीबार जनाएको छ।

“चिनियाँ राष्ट्रपति सीले नेता किमद्वारा दिएको निमन्त्रणालाई ‘खुशीसाथ स्वीकार’ गर्नुभएको छ,” केसीएनएले उत्तर कोरियाली अधिकारीको भनाई उद्धृत गरेको छ।

“मङ्गलबार बेइजिङमा भएको भेटवार्ताका क्रममा सीले प्योङयाङको भ्रमण योजनाबारे बताउनुभएको छ,” किमले स्वदेश फर्केपछि उक्त उत्तर कोरियाली समाचार संस्थासँगको कुराकानीमा बताएको जनाइएको छ। यद्यपि भ्रमण योजनाबारे बिस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।

यदि सी भ्रमणमा आएमा यो चिनियाँ राष्ट्रपतिद्वारा प्योङयाङ आठ बर्ष पछि प्योङयाङ जनेछन्। यस पहिले सन् २०११ मा पूर्व नेता स्वर्गीय किम जोङ–इलको नेतृत्व रहेका समय तत्कालिन राष्ट्रपति हु जिन्ताओले उत्तर कोरियाको भ्रमण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ