arrow

विश्वका सबैभन्दा महँगा गोलरक्षकहरु

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
i.jpg

काठमाडौं। फुटबल खेलमा आफ्नो टोलीले जित्छ वा जित्दैन भन्ने कुरा टोलीका गोलरक्षक कस्तो छ भन्नेमा निर्भर हुन्छ। त्यसैले कुनै पनि टोलीका लागि विपक्षीलाई हराउन राम्रो गोलरक्षकको आवश्यकता हुन्छ। त्यसैले गोलरक्षकका लागि विश्वका ठूला क्लबले उल्लेख्य खर्च गर्ने गर्छन्। अहिलेसम्मका सबैभन्दा महँगा गोलरक्षकको सूची यहाँ उल्लेख गरिएको छ – 

१. अलिस्सोन बेकर
अलिस्सोन बेकर सन् २०१८ मा रोमाबाट लिभरपुल गएका छन् । उनका लागि लिभरपुलले ७ करोड ३० लाख युरोमा खरिद गरेको थियो । यससँगै उनी सबैभन्दा महँगा गोलरक्षक बनेका छन् । युरोपियन लिगमा उनले सन् २०१७-१८ मा ८० दशमलव १ प्रतिशत गोल बचाएका थिए । 

२. जियानलुङ्गी बफोन 
बफोनलाई सन् २००१ मा पर्माबाट युभेन्टसले ५ करोड २८ लाखमा खरिद गरेको थियो । त्यतिबेला उनी सबैभन्दा महँगा गोलरक्षक बनेका थिए । त्यतिबेलाको लागि यो ठूलो रकम थियो । यसबाट पनि उनी कति महत्वपूर्ण थिए भन्ने कुराको पुष्टि हुन्छ । युभेन्टसले थुप्रै उपाधि पनि हासिल गरेको थियो तर सन् २००६ मा भने यो टोलीश सिरी ए बाट बी मा घटुवा भएको थियो । त्यसैवर्ष इटालीले विश्वकप उपाधि जितेको थियो । 

३. एडर्सन मोराइस 
एडर्सन मोरास सन् २०१७ मा बेन्फिकाबाट म्यानचेस्टर सिटीमा गएका थिए । उनी ४ करोड युरोमा सिटीमा गएका थिए । उनले बेन्फिकामा गरेको प्रदर्शनबाट प्रभावित भएर पेप ग्वार्डिओलाले उनलाई टोलीमा ल्याएका थिए । 

४. जोर्डन पिकफर्ड
सन् २०१७ मा जोर्डन पिकफर्ड एभर्टनमा अनुबन्धित भएका थिए । सण्डरल्याण्डबाट एभर्टन जाँदा उनलाई ३ करोड ४० लाख युरोमा खरिद गरेको थियो । उनी अहिलेसम्मकै चौथो महँगा गालकिपर हुन् । 

५. म्यानुअल नोयर 
यी जर्मन खलाडीलाई सन् २०११ मा बार्यन म्युनिखले ३ करोड डलरमा खरिद गरेको थियो । उनी साल्केबाट बार्यन म्युनिख गएका थिए । उनले सन् २०१४ को विश्वकपमा पनि निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । 

६. फ्रान्सेस्को टोल्डो 
सन् २००१ मा फायोरेन्टिनाबाट इन्टर मिलान जारादा यी खेलाडी २ करोड ६५ लाख डलरमा अनुबन्धित भएका थिए । 

७. डेभिड डे गिया 
सन् २०११ मा डेभिड गियालाई २ करोड ५० लाख युरोमा म्यानचेस्टर युनाइटेडले खरिद गरेको थियो । उनी एथ्लेटिको मड्रिडबाट उक्त क्लबमा गएका हुन् । उनी पनि महँगा गोलकिपरको सूचीमा पर्ने गर्छन् । 

८. बन्र्ड लेनो 
२०१८ मा बायर लेभरकुसनबाट लेनो आर्सनलमा गएका थिए । उनलाई आर्सनलले २ करोड ५० लाख युरोमा किनेको थियो । 

९. एलेक्स मेरेट 
२१ वर्षीय भयी खेलाडी सन् २०१८ मा उडिन्सेबाट नापोलीमा २ करोड २० लाख युरोमा आएका थिए । 

१०. सेबस्टाइन फ्रे 
यी खेलाडी सन् २००१ मा इन्टरनाजियोल्याण्ड बाट पर्मामा गएका थिए । जतिबेला उनलाई २ करोड १० लाख युरोमा खरिद गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ