arrow

फिफा विश्वकपबारे जान्नैपर्ने तथ्य

logo
एजेन्सी,
प्रकाशित २०७५ पुष २८ शनिबार
fifa-worldcup.jpg

काठमाडौं। विश्वकप फुटबलबारे धेरैलाई चासो हुन्छ। विश्वभर नै यो प्रतियोगितालाई निकै चासोका साथ हेरिन्छ। विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको विषयमा धेरै कुराहरु यस्ता छन्, जुन सबैलाई थाहा नहुन पनि सक्छ –

 सन् २०१८ को विश्वकप विश्वभरका तीन अर्ब ४० करोड मानिसहरुले हेरेका थिए। यो संख्या विश्वको कूल जनसंख्याको करिब आधा हो। 

 विश्वकप अहिलेसम्म २१ पटक आयोजना भइसकेको छ र ब्राजिलले सबैभन्दा बढी पाँचपटक यो उपाधि उचालिसकेको छ। इटाली र जर्मनीले चार–चार पटक यो उपाधि जितेका छन्।

सन् २००२ मा विश्वकप प्रतियोगिता पहिलोपटक दुई मुलुकहरुमा खेलाइएको थियो। यो विश्वकप दक्षिण कोरिया र जापानले संयुक्तरुपमा आयोजना गरेका थिए। 

विश्वकपको गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी क्यामरुनका रोजर मिल्ला हुन्। उनले सन् १९९४ मा ४२ वर्षको उमेरमा रसियाविरुद्ध गोल गरेका थिए।

सन् १९५० को विश्वकपमा खाली खुट्टा खेल्न नपाएको भन्दै भारतले विश्वकप नखेलेको भन्ने अफवाह सुनिने गरेको छ। 

सन् १९३० मा भएको पहिलो विश्वकपको आयोजक र विजेता उरुग्वे थियो।

 सन् १९६६ को विश्वकपमा सात दिन विश्वकपको ट्रफी हराएको थियो। प्रतियोगिता सुरु हुनुभन्दा ठिक अगाडि यो ट्रफी हराएको थियो।

२०१८ को विश्वकप आयोजना हुने सबैभन्दा पूर्वमा रहेको सहर एकटेरिङवर्ग र सबैभन्दा पश्चिमको सहर कालिङगार्डको बीचको दूरी १५ सय माइलको थियो। यो दूरी मस्कोदेखि लण्डनसम्मको दूरीको बराबरको हो।

सन् २०१८ को विश्वकपमा प्रतिखेलमा औसतमा ४७ हजार फ्यानहरु सहभागी भएका थिए। 

१० सबैभन्दा धेरै गोल भएको विश्वकपको खेल सन् १९५४ को अष्ट्रिया र स्विट्जरल्याण्डको खेल हो। यो खेलमा अष्ट्रिया ७–५ गोल अन्तरले विजयी भएको थियो।

११ इटालीको नाममा विश्वकपमा सबैभन्दा बढी ड्र खेल्ने कीर्तिमान रहेको छ। उसले २१ पटक बराबरीको नतिजा निकालेको छ।

१२ विश्वकपमा सबैभन्दा धेरै खेल हार्ने टोली मेक्सिको हो। यसले अहिलेसम्म विश्वकपमा २७ खेल हारिसकेको छ भने १६ मा जित र १४ बराबरी पनि खेलेको छ।

१३ अहिले ३२ टोलीले सहभागिता जनाउन पाउने विश्वकपमा सन् २०२६ देखि यो संख्या ४८ पुग्नेछ।

१४ विश्वकपको एउटै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रसियाका ओलेग सालेन्को हुन्। उनले एकै खेलमा पाँच गोल गरेका थिए।

१५ रुस विश्वकप २०१८ सबैभन्दा बढी पेनाल्टी दिइएको वर्ष हो। 

१६  रुस विश्वकपमा पहिलोपटक भीएआर प्रणालीको प्रयोग गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ